प्रअको सक्रियताले जनता मावि बेताहा भवानीपुर नमूना विद्यालय बन्दै

  • आश्विन ७, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी
पहिलेको भवानीपुर प्रध गाविसमा पर्ने अहिले धनगढीमाई नगरप्रअको सक्रियताले जनता मावि बेताहा भवानीपुर नमूना विद्यालय बन्दैपालिका धनगढीमाइ नगरपालिका –२ मा अवस्थित रहेको जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरमा प्रधानाध्यापकको सक्रियताले त्यस विद्यालयको शैक्षिक साँख उठ्दै गएको छ । सात वर्ष अघि लथालिङग अवस्थामा पुगेको यो विद्यालयमा प्रधानाध्यापकको रुपमा राम विलास यादव आएपछि विद्यालयमा उल्लेखनीय प्रगति नमूना विद्यालय चिनिन थालेको हो 

थारु,तेली, मुस्लिम र दलित समुदायको बाक्लो बस्ती रहेको धनगढीमाइ नगरपालिकाको दक्षिणी भेगमा पर्ने यस विद्यालयको शैक्षिक र भौतिक प्रगतिले शहरतर्फ पलायन हुने विधार्थीहरु गाँउमै गुणस्तरीय शिक्षा पाउन थालेको स्थानीय राम अशिष साहको भनाइृ छ । उहाँ भन्नुहुन्छ,सात वर्ष अगाडि विद्यालयमो कोषमा एक पैसा थिएन । पढाई लेखाइपनि चौपट हुन लागेपछि विधार्थीहरु अन्य विद्यालय रोज्न थालेका थिए । प्रअको रुपमा यादव आएपछि थालेको सुधारको कार्यक्रमले अहिले विद्यालयको कोषमा विभिन्न शिर्षकबाट जम्मा गरेको १६ लाख रकम बचत देखिएको छ ।

सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापनि समिति गठनको सुरुवात हुँदा नै राजनीति सुरुहुने,हर हिसाव पारदर्शी नगर्ने ,सामाजिक लेखा परीक्षण गराउन नचाहने जस्ता समस्याले अन्य विद्यालय जस्तै यस बेतहा भवानीपुरमा नकारात्मक असर परेको थियो । प्रअ राम विलास यादव विद्यालयमा प्रवेश गरेपछि सर्वसमितिले विद्यालयको व्यवस्थापनि समिति गठनदेखि हरेक पक्षमा अपनाएको जन सहभागिता र पारदर्शीताले सात वर्षमै जिल्लाको नमूना विद्यालयको रुपमा पहिचान बनाउन सकेको वेतहा भवानीपुरका पूर्व अध्यक्ष गहुमलाल चौधरीले बताउनुभयो ।

headmasterko sakriyatale saprieko school betha bhanipur.photo 2


कक्षा ६ देखि नै कम्प्युटर कक्षा प्रयोगात्मक रुपमा सञ्चालन,प्राथमिक तहमा अंग्रेजी माध्यममा पढाइको व्यवस्थापन,नियमित सबै घण्टी पढाई भइरहेको कक्षा व्यवस्थापन निरन्तर प्रधानाध्यापकबाट कक्षा अनुगमनबाट पत्ता लागेका कमि कमजोरी हटाउन तुरुन्त पहल गर्ने समयको पालना शिक्षक विधार्थीले अनिवार्य गर्नुपर्ने परिपाटिको थालनी व्यवस्थित विज्ञान प्रयोगशाला लगायतका सुविधाले सात वर्ष अगाडि पाँच सयमा झरिसकेको विधार्थी संख्या अहिले हवातै बढेर एक हजार दुई विधार्थी पुगि सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर साहले जानकारी दिनुभयो ।

 

headmasterko sakriyatale saprieko school betha bhanipur.photo 3
धनगढीमाई नगरपालिकाका शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको दावी गर्नुहुँदै नगरप्रमुख हरि नारायण चौधरीले भन्नुभयो,‘जनता माध्यमिक विद्यालयमा प्रअ यादवको कुशलता र सक्रियताले नमूना विद्यालयको रुपमा विकास गरि सकेको छ । विद्यालयमा खेल मैदानको अभाव छ, यसलाई पुरा गर्न पनि नगरपालिकाबाट यस वर्ष बजेट विनियोजन गरेर खेलमैदानको लागि जग्गा खरिद गरिनेछ । 

विद्यालयको लथालिङग व्यवस्थापनले गरीव दलित बस्तीका बालबालिकाहरु बाध्य भएर निजी बोर्डिङगमा पढाउनुपर्ने बाध्यता आइसकेको थियो तर संयोगले प्रअको रुपमा यादव आएपछि विद्यालयको शैक्षिक र भौतिक मुहार नै फेरियो । के गरीव के धनी सबैको पढ्ने थलो जनता मावि बेतहा भवानीपुर बनेकाममा स्थानीय दलित अभियानकर्मी हुली रामले खुसी व्यक्त गर्नुभयो ।नगरपालिकाले आयोजना गरेको हरेक प्रतियोगिताहरुमा जनता माध्यमिक विद्यालय बेतहा भवानपुर र प्रथम दोस्रो पुरस्कार हात पार्न सफल भइरहेको नगरपालिका शिक्षा अधिकृत बुद्धिमान दुनुवार र शिक्षा सहजकर्ता प्रदिप कुमार साहले जानकारी गराउनुभयो ।

थारै तलवबाट निजी श्रोतको शिक्षकको रुपमा शिक्षाको रुपमा काम गर्न थालेको अनुभव सुनँउदै प्रअ राम विलास यादवले भन्नुभयो,‘निमावि र मावि को शिक्षक सेवाबाट स्थायी भई सात वर्ष अगाडि प्रअको रुपमा यस विद्यालयमा नमूना विद्यालय बनाउने दृढ संकल्पका साथ प्रवेश गरेका थिए । अभिभावकको सहभागिता र पारदर्शिताको नीति लिएर सबैको सहयोगमा विद्यालयको प्रगति गर्न सफल भएका छौ ।’

 



बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A