ओरेककेको तथ्याङकमा नौ महिनामा १२८ महिला हिंसाको घट्ना

  • आश्विन ७, २०७८
  • समृद्धिपथ
alt


जिवछ यदासी
विगत २० वर्षदेखि महिला हिंसा विरुद्धको अभियान गर्दै आइरहेको ओरेक परियोजना सिरहाले संकलन गरेको तथ्याङकमा गएको नौ महिनामा १२८ वाटा महिला हिंसाको घट्ना घटेको जनाएको छ । लैङिगक हिंसा न्यूनिकरणको लागि सरोकारवालाको भूमिका विषयक सरोकारवाला र संचारकर्मीबीच भएको संवाद कार्यक्रममा ओरेकको संचार अधिकृत अनिता चौधरीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

घरेलु हिंसा ६९,बलात्कार १२,बलात्कारको प्रयास ३,यौन दुव्र्यवहार ८,आत्महत्या ८,छुवाछूत १,बोक्सी आरोप २,हत्या ५, कुटपिट १८ र मानव बेचविखन २ गरी १२८ घट्ना घटेका छन् ।यता जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्राप्त विवरण अनुसार घरेलु हिंसा ३८३,लैङिगक हिंसा २२१ ,बहुविवाह १८ जर्वजस्ती करणी ४० जर्वजस्ती करणी उद्योग १४,कर्तव्य ज्यान ३ र बोक्सी आरोप ७ रहेको वितरित प्रतिवेदनमा उल्लेख रहेको छ ।

सम्बाद कार्यक्रममा संचारकर्मीहरुको तर्फबाट १७ वटै पालिकमा रहेको न्यायिक समिति र प्रहरी प्रशासनबाट हिंसा न्यूनिकरणमा के कस्तो सहयोग भइरहेको जिज्ञासामा ओरेकनेपालका संयोजक शर्मिला निरौलाले सरोकारवाला निकायहरुले सहयोग गरिरहेको भएपनि सबै मिलेर हिंसा न्यूनिकरणको लागि चासो लिनुपर्ने धारणा राख्नुभयो ।

ओरेक नेपालका केन्द्रिय सदस्य महिला अधिकारकर्मी शयाम कुमारी साहले महिला हिंसाको जननी रहेको दाइजोप्रथा न्यूनिकरण हुन नसकेकोले यसको लागि थप प्रभावकारी कानुन आउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
लहान नगरपालिका न्यायिक समिति सदस्य देव शरण पण्डितले न्यायिक समितिमा महिला हिंसा सम्बन्धी घट्नाहरुलाई प्राथमिकताको साथ पीडितले न्याय पाउने गरी लहान नगरपालिकाले काम गरीरहेको दाबी गर्दै सरोकारवालाहरुबीच सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको अनुभव बताउनुभयो ।

महिला हिंसाको घट्ना बढ्दो छ । यसमा धेरै घट्नाहरु गाँउमै जनप्रतिनिधिहरु समाजका अगुवाहरु पनि मिलाउने गरेको इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालले भन्दै हिंसा नियणत्रणको लागि प्रहरी र सरोकारवाला निकायहबीच साझा धारणा बनाउन जरुरी रहेको बताउनुभयो ।

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A