‘सशक्त संगठन निर्माण र सडक संघर्ष तयारीमा लागौ’

  • असोज १४, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
नेकपा एमाले सशक्त संगठन निर्माण र सडक संघर्षको लागि तयार रहनुपर्ने कुरामा नेकपा एमालेका नेताहरुले जोड दिनु भएका छन् ।नेकपा एमाले लहान नगर कमिटिकोे बैैठकमा अगुवा नेताहरुले यस्तो बताउनु भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय केन्द्रिय प्रतिनिधि परिषदका सदस्य तथा नेकपा लहान नगरपालिका प्रमुख मुनि साहले पार्टीसँग समन्वय गरेर लहान नगरपालिकाले हरेक योजना अघि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो लहान, समृद्ध लहान को नारालाई कार्यान्वयन गर्न चुनावमा जनतासँग गरेको प्रतिवद्धता मध्ये ९० प्रतिशत पुरा हुनै लागेको छ । १० प्रतिशत प्रतिवद्धताहरु संघीय र प्रदेश सरकारले सहयोग गरे मात्रै संभभव छ ।’

lahan emale news.photo 2

१३ करोडको नयाँ बजार निर्माण,८ करोडको फोहरबाट मोहर बनाउने फिकल परियोजना र २ करोडभन्दा बढीको आर्यघाट निर्माण कार्यमा झमेला गर्न विकास विरोधीहरुले केन्द्रिय सत्ताको दबाब र प्रभावमा पारेर अघि बढाउन नदिन झमेलाहरु खड गर्न थालेको उहाँले बताउनुभयो ।

नगरप्रमुख साहले थप्नुभयो,गएको मङगलबार चार दलीय सहमति अनुसार नयाँ बजार निर्माणको कार्य अघि बढाउन इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहाल र सशस्त्र वेस क्याम्पका डिएसपी सुशिल कुमार श्रेष्ठको उपस्थितिमा नयाँ टहरा निर्माण र पुरानो भवन भत्काउने कार्य सहमतिमै अगाडि बढिरहदा सरोकार नै नभएको केहि व्यक्तिहरुले अवरोध सृजना गर्दा नगरप्रहरीसँग धक्कमधुक्का भएको थियो । धक्कमधुक्का हुँदा सुरक्षा निकाय मुख दर्शक भएर हेरिरहयो । पछि सत्तामा रहेका दलका दबाब र प्रभावमा छानी छानी एमाले कार्यकर्ताहरुमाथि विभिन्न मुद्दा लगाउने कार्य भइरहेको छ । अब नेकपा एमाले लहान नगरकमिटि चुप लागेर बस्न मिल्दैन, सशक्त संगठनको बलमा सडक संघर्षमा जानुको विकल्प छैन ।

बैशाखमा ठेक्का लागेपछि पटक पटक विभिन्न मितिमा बजार खाली गराउन जाँदा नगरप्रहरीमाथि राजनीति दलको आडमा लाठी ढुङगा इटा प्रहार गर्दा नगरप्रहरीहरु घाइते हुनुको साथै वाडीका शिशा समेत फुटाइ दिँदा इलाका प्रहरी कार्यालय लहानले मुद्दा दर्ता नगरेको तर अहिले छानी छानी युवा संघका नेता कार्यकर्ता र व्यापारीहरुमाथि मुद्दा दर्ता गरिरहेकोले एमाले पार्टी चुप लागेर बस्न नमिल्ने नगरप्रमुख साहले धारणा राख्नुभयो ।

lahan emale news.photo 4
कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य राजेन्द्र चौधरीले नेकपा एमालेको लहान नगरपालिकामा रहेको नगर सरकारलाई विकास गर्न नदिन षडयन्त्र भइरहेकोले नेकपा एमाले विकास निर्माणको लागि दबाब दिन नगरपालिकालाई सघाउन सशक्त संगठनको माध्यमले सडक संघर्ष नगरे अगुवा कार्यकर्ताहरुलाई विभिन्न मुद्दामा फसाउने चाल चलिरहेको तर्फ पार्टी जाग्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल सिरहाका अध्यक्ष तथा नेकपा एमाले सचिवालय सदस्य इन्द्रेस राउतले लहानका युवा संघका अगुवा कार्यकर्ताहरुलाई विभिन्न मुद्दामा फसाएर लगाएका झुठा मुद्दा फिर्ता नलिए युवाहरु संघ चुप लागेर नवस्ने बताउनुभयो ।
बैठकमा सचिवालय सदस्य तथा सिरहा–१ का इन्चार्ज विष्णुलाल साह,सचिवालय सदस्य इन्द्र नारायण चौधरी,प्रचार विभागका केन्द्रिय सदस्य जिवछ चौधरी लगायतका नेताहरुले संगठन निर्माण र संघर्षको कार्यक्रमहरु अघि सार्न सुझाव दिनु भएको थियो ।

lahan emale news.photo 3
यता इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले आफूहरुलाई अलमलाएर कार्यकर्ता परिचालन गरेर लहान –५ कि गुडिया खातुन र लहान–७ का राम औतार शर्मा लगायतकाहरुलाई घाइते बनाउनेहरुलाई पहिचान गरी मुद्दा चलाएको जानकारी दिनुभयो ।

प्रहरीले नयाँ टहरा निर्माण समितिका अध्यक्ष मो इसराइल,युवा संघका कार्यकर्ता सन्तोष पण्डित, नगरपालिका कर्मचारी राजा मेस्तर,लक्ष्मी पासवान,व्यापारी सन्जय साह र दोस मोहम्मदलाई पक्राउ गरेका छन् । पक्राउ गरेका युवा संघका नेता कार्यकर्ताहरुलाई तत्कालै रिहाइ नगरे आन्दोलनमा उत्रिने नेकपा एमाले लहान नगर कमिटि र राष्ट्रिय युवा संघ नेपाल सिरहाले आन्दोलन गर्ने विज्ञप्ती मार्फत जनाएका छन् ।

लहान नगर कमिटिको बैठक नेकपा एमाले सचिवालय सदस्य लहान नगरपालिका इन्चार्ज सरियार कुमारी चौधरीको अध्यक्षता बसेको थियो भने बैठकको सञ्चालन नगर कमिटिका सचिव चन्द्र नारायण चौधरीले गर्नु भएको थियो ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A