जिवछ उदासी
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको लहान नगर अधिवेशन उद्घाटनको लागि असोज १९ गते मङगलबार नेकपा एमालेका केन्द्रिय सदस्य युवा इन्चार्ज महेश बस्नेत लहान आउनु हुने कार्यक्रम रहेको छ ।
लहान नगरपालिकाका २४ वटै वडाबाट युवाहरुको बाक्लो उपस्थितिमा नगर अधिवेशन लहान नगरपालिकाको नगरसभा हलमा उद्घाटन हुने युवा संघ लहानका संयोजक वेद प्रसाद साहले बताउनु भएको छ । मङगलबार उद्घाट्न हुने कार्यक्रमको लागि सम्पूर्ण तयारी सोमबारस राती अबेरसम्म तयारी भैसक्ने युवा संघका लहान नगर इन्चार्ज विलेक्षण कामैतले जानकारी दिनुभयो ।
युवासंघको लहानको सडक डिभिजन कार्यलयमा भएको महाधिवेशनबाट युवा संघको अध्यक्ष हुनु भएको महेश बस्नेत नेकपा एमालेको सम्पन्न प्रथम विधान महाधिवेशनपछि उपत्यका बाहिर लहानको पहिलो कार्यक्रम रहेकोले विशेष सम्बोधन हुने युवा संघ सिरहाका अध्यक्ष इन्द्रेस राउतले भन्दै युवा संघलाई राजनीतिकि वैचारिक र सांगठनिक प्रशिक्षणको रुपमा युवाहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
नेकपा एमालेललाई बलियो बनाउन र फुटको मनोविज्ञानले पारेको असर र भ्रम चिर्नलाई पार्टीको सन्देस गाँउ गाँउमा पुरयाउन र आउने चुनावमा नेकपा एमालेलाई सिरहा जिल्लामा पहिलो पार्टी बनाउनको लागि यवा संघको काँधमा आएको ऐतिहासिक जिम्मेबारी पुरा गर्नको लागि संगठनमा जोड दिएको अध्यक्ष राउतले बताउनुभयो । नेकपा एमाललेलाई सङकटको समयमा जोगाउन र जस्तोसुकै चुनौतीसँग सामना गर्ने खुवी भएको नेता बस्नेत एमाले अध्यक्ष केपी ओलीको पक्षमा वकालत गर्दै आइरहनु भएको छ ।
लहान नगरपालिकाका युवा संघका नेताहरुलाई विभिन्न मुद्दामा फसाएर लहान नगरपालिकाले गरिरहेको विकास निर्माणको कार्यलाई रोक्न भइरहेको गतिरोध हटाउन हुन लागेको युवा संघको नगर अधिवेशनले नेकपा एमाले पार्टी र लहान नगरपालिकालाई समेत वल पुग्ने भएकोले मङगलबार हुने भेलामा नेकपा एमाले लहान नगर कमिटि, क्षेत्रिीय कमिटि र जिल्ला कमिटिको नेताहरुको समेत उपस्थिति रहेने नेकपा एमाले सहइन्चार्ज मन्टी कुमार मण्डलले बताउनुभयो ।लहान नगरपालिकाको बजार क्षेत्र युवाहरुले परिक्रमा गरी लहान नगरपालिकाको सभा हलमा नगर अधिवेशन उद्घाट्न हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A