प्रदेश–२ मा एमाले ठूलो दल बन्दैछ : एमाले नेता महेश बस्नेत

  • असोज २०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
नेकपा एमालेका केन्द्रिय सदस्य युवा इन्चार्ज तथा पूर्वमन्त्री महेश बस्नेतले आउने चुनावमा नेकपा एमाले प्रदेश–२ को नेतृत्व गर्ने ठूलो दल बन्नै लागेको बताउनु भएको छ । राष्ट्रिय युवा संघ लहान नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।


मधेश आन्दोलनको उद्गम स्थल रहेको लहानका जनताले समृद्धि,विकास, शान्ती र सुशासनको लागि नेकपा एमाले बाहेक अर्को दल नरहेको निष्कर्षमा पुगेर एमालेसँग जोडिन पुगेकोले यहि लहानबाट यस प्रदेशको विकासको लागि अभियान सुरु हुने उहाँले दावी गर्नुभयो ।


चाँडै समृद्ध हुने प्रवल संभावना रहेको प्रदेश २ मा भ्रष्टाचारमा लिप्त रहेका दलहरुको सरकारले केहि गर्न नसक्ने यस प्रदेशको जनताले ठम्याएर नेकपा एमालेमा समाहित हुन थालेको नेता बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश –२ को सरकार बेटी पढाउ, बेटी बचाउ,नारा दिएर शतप्रतिशत भ्रष्टाचार गर्न लागेको तथ्य बाहिर आएपछि हिस्साफाँट खाएका केहि कार्यकर्ताहरुले मसाल बोकेर भ्रष्टाचारीहरुको संरक्षणमा लाग्नु दुर्भाग्य हो ।’

yuba news lahan.photo 2

प्रवासीहरुको मुलुक भनेर चिनिने अमेरिका, संघहरु मिलेर चलेको मुलुक सोभियत संघ हो भने अल्प संख्यक जनताहरु मिलेर बसेको देशको रुपमा चिनिएको नेपालमा जातिय र क्षेत्रीय राजनीतिको समय सीमा सकिसकेकोले प्रदेश र देशको समृद्धि एमाले पार्टी र केपि ओलीको नेतृत्वमा मात्रै संभव हुने प्रदेश २ का जनताले बुझ्न थालेको नेता बस्नेतले तर्क गर्नुभयो । हिमाल पहाड तराई कोहि छैन पराई भने नारा नै नेपाली जनताको साझा र समृद्धिको नारा भएको उहाँले तर्क गर्नुभयो ।

yuba news lahan.photo 3
केपि ओली भनेको गोब्बरले ढाकिएको हीरा जस्तै हो । अब गोब्बरहरु किनारा लागेपछि ओली हीरा जस्तै टल्किन थालेको उहाँले दावी गर्नुभयो । उहाँले थप्नुभयो,‘१४ वर्ष पार्टीको महासचिव भएर माधव नेपालले र १३ वर्ष झलनाथ खनालले पार्टी हाक्दा केपी ओलीले कहिलेपनि राजीनमा माग्नुभयो । केपि ओली एक कार्यकाल अध्यक्ष हुँदा उहाँहरुलाई किन छटपटि लाग्यो ? आउने चुनावमा माधव नेपालले देशैभरिमा एक सिटपनि नजित्ने आवस्था आँउछ लेखेर राखौ ।’

yuba news lahan.5

भर्खरै सकिएको प्रथम विधान अधिवेशनले संविधानमा मौलिक हकको रुपमा रहेको मौलिक हकहरुको पुरा गरयो भने यो मुलुक समाजवादमा प्रवेश गर्ने निष्कर्षमा पुग्दै स्वस्थ्य वहस र ऐतिहासिक निर्णयहरु गरेको उहाँले जानकारी दिनुभयो ।
परमादेशबाट बनेको वर्तमान सरकारले त विभुषण र पुरस्कारमा समेत अनियमितता गरेर नैतिक धरातल गुमाइसककेोले आउने चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउन नेपाली जनता निर्णयमा पुगि सकेको भन्दै केपि ओली सरकारले ल्याएको १४ सय सडक बनाउने योजना अलपत्रमा पारेर विकास विरोधी कामहरु गर्न थालेको बताउनुभयो ।


लहानका युवा संघका नेता कार्यकर्तामाथि लगाइका मुद्दाहरु फिर्ता नलिए आन्दोलनको आँधीवेरी सृजना गर्ने चेतावनी दिँदै काँग्रेसको सरकार आएपछि माथिको आदेशमा जनता सताउने प्रहरी प्रशासनको समेत हिसाव किताव गरिने नेता बस्नेतले चेतावनी दिनुभयो ।

yuba news lahan.6
कार्यक्रममा नेकपा एमाले प्रदेश २ का सह इन्चार्ज तथा निवर्तमान कानुन न्यनय तथा संस्दीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठले लहानका मेयर मुनि साहले विकासका कामहरु अगाडि बढाँउदा तगारो खडा गर्ने चार दलीय गठबन्धनको इसारामा प्रहरी प्रशासनले झुठा मुद्दा दर्ता गरेर फसाउने षडयन्त्र गरे सिरहा जिल्ला ठप्प गर्ने र माथिको आदेश भनेर तर्साउने प्रहरी प्रशासन जिल्लाबाट बोरिया विस्तर लिएर भाग्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।


कार्यक्रमा लहान नगरप्रमुख मुनि साहले लहानको समृद्धि र विकासको काम गर्दा जहिलेपनि अवरोध खडा गर्ने चार दलीय गठबन्धन लहानको विकासको बाधक भएको भन्दै नयाँ बजार खाली गराउने सहमति अनुसार अघि वढ्दा एमाले समर्थक युवाहरुलाई झुठा मुद्दामा फसाएर नयाँ बजार निर्माण कार्य गर्न नदिइने षडयन्त्र भइरहेको स्पष्ट गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय युवा संघका महासचिव रमेश आचार्य, सिरहा इन्चार्ज बैधनाथ साह लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

yuba news lahan.7
बुधबार विहान नेता महेश बस्नेत महासचिव आचार्य सहित युवा संघका नेता कार्यकर्ताहरु नयाँ बजार खाली गराउने क्रममा भएको झडपमा केहि व्यक्तिहरु घाइते भएको घटनामा लहान–५ का सन्जय साह,मो इसराइल, सन्तोष पण्डित, लक्ष्मी पासवान, र राजा मेस्तरलाई इलाका प्रहरी कार्यालय लहानमा गएर भेटेर तपाइहरुको साथमा सिंङगै पार्टी रहेको विश्वास दिलाउनुभयो ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A