प्रहरी दिवसको अवसरमा विभिन्न संस्था र व्यक्तित्व सम्मानित

  • असोज २१, २०७८
  • समृद्धिपथ
alt

सिरहा । ६६औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न संस्था तथा व्यक्तित्वलाई सम्मान गरेका छन् । प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय सिरहाले बुधवार सिरहास्थित कार्यालय परिसरमा एक भव्य कार्यक्रमको आयोजना गरी समुदायलाई सुरक्षित बनाउने कार्यमा विशेष योगदान गरेका संस्था र व्यक्तित्वलाई सम्मान गरेका हुन् ।

समुदायसंगको सहकार्यमा सुरक्षित समाज निर्माण तथा नागरिकको सुरक्षा र न्यायमा सहज पहुँच एवम् नेपाल प्रहरीद्धारा लागु गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष योगदान गरेको भन्दै सिरहा प्रहरी प्रमुख हिराबहादुर पाण्डेले प्रहरी प्रधान कार्यालयद्धारा प्रदान गरिएको कदर पत्र हस्तान्तरण गर्दै सिरहाका दुई वटा सामाजिक संस्थालाई सम्मान गरेका छन् । यसरी सम्मानित हुनेमा समग्र जन उत्थान केन्द्र लहान र सामुदायिक सेवा केन्द्र सिरहा रहेका छन् ।

3 Prahari diwas

यस्तै सो कार्यक्रममा कर्तव्यको पालना गर्ने क्रममा प्राणको आहुति दिने सिरहाका वीर अमर प्रहरी परिवारका तीन जनालाई दोसल्ला र नगद प्रदान गरी सम्मान गरेका छन् भने सिरहा जिल्ला भरीका विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत रही जिल्लाको सुरक्षामा उत्कृष्ट कार्य गर्ने १३ जना विभिन्न दर्जाका सुरक्षाकर्मीलाई समेत पुरस्कार स्वरुप नगद प्रदान गरेका छन् । सिरहा जिल्ला प्रहरी प्रमुख पाण्डेले सो कार्यक्रममा पूर्व प्रहरीलाई समेत दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

प्रहरी निरीक्षक रामचन्द्र साहले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहका प्रवत्ता सुभाष बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेले “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” को नारालाई अनुभुति हुने गरी नेपाल प्रहरीले काम गरिरहेको बताउनु भयो । वहाँले नागरिक विना वर्दीका प्रहरी रहेको बताउँदै समुदायलाई सुरक्षित बनाउन सबै पक्षको भुमिका आवश्यक रहेकोले सहयोगका लागि आग्रह गर्नुभयो । सुरक्षित समाज निर्माण गर्न समुदाय र प्रहरीबीचको सहकार्य समन्वय अझ बलियो बनाउन प्रहरी तर्फबाट हरेक किसिमको पहल हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A