नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो

  • असोज ३०, २०७८
  • समृद्धिपथ
alt

सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् ।

दशैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ ।

घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A