जिवछ उदासी
नेकपा एमाले लहान नगरपालिको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले सर्वसम्मतिबाट राज कुमार साहको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको नेकपा एमाले लहानले जनाएको छ ।
‘पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु मिलेर अघि बढौ, हाम्रो लहान समृद्ध लहान ’को नारा कार्यान्वयन गरौ भने मूल नाराकासाथ सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न भएको लहान नगर इन्चार्ज सरियार कुमारी चौधरीले बताउनु भएको छ ।
अध्यक्षमा राज कुमार साह, उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिवमा विरेन्द्र प्रसाद चौधरी,उपसचिवमा राम अधिन यादव र प्रथमलाल चौधरी चयन हुनु भएका छन् ।
सदस्यहरुमा ललित नारायण चौधरी,जितेन्द्र यादव,राम सेवक ठाकुर,मो जवारुल,जनार्धन प्रसाद साह,भरत कुमार सहनी,जागेश्वर पासवान,राम कुमार मण्डल,राज कुमार मल्ल,महेश राम,राम नारायण महतो,देव नारायण यादव,अशोक प्रसाद ढुङगाना,चतुर नारायण सिंह,मोहफेजुल,सिमिल महतो,योगेन्द्र साह,महावीर साह,रासलाल मोची,मुसहरुयादव,रामुयादव,मो शमशेर,आशा कुमारीसाह,कंचन देवी चौधरी,मन्टुन चौधरी,निर्मला मोते,सहमाज खातुन,भोलावती चौधरी,पदमा चौधरी,सुनिता चौधरी,सोनावती राम,भिखनी चौधरी,विना थापा मगर,शिव कुमारी पासवान,पुनम महतो र हृदय नारायण यादव रहेका छन् ।
निर्वाचित अध्यक्ष साहले हाम्रो लहान, समृद लहानको नारा कार्यान्वयनको लागि नेकपा एमाले लहान कमिटिले सकमति सहकार्य र एकताको माहोल बनाउन पहल थालेर विकासको गति दिलाउन र आउने निर्वाचनमा एमालेलाई शानदार रुपमा जित दिलाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्वाचित कमिटिलाई राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य तथा प्रदेश सभासदस्य लगनलाल चौधरीले कमिटिमा सबै उर्जावान र पार्टीका पद्धति बुझेका नेताहरु चुनिएकाले यो कमिटिले लहानमा पार्टीले अझै सफलता हासिल गर्ने बधाई तथा शुभकामना दिनुभयो ।अधिवेशनको उद्घाट्न सत्रलाई प्रमुख अतिथिको रुपमा केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादव,केस तथा सहन्चार्ज रामरति राम,राष्टिय प्रतिनिधि परिषद सदस्यहरु क्रमशः राजेन्द्र प्रसाद चौधरी,मुनि साह सुडी र राम शंकर यादव र प्रदेश कमिटि सदस्य मागैन कामैतले सम्बोधन गर्नु भएको थियो ।
कमिटि चयनको लागि केस गंगा प्रसाद यादवको अध्यक्ष मण्डलमा गठिन सदस्यहरुमा राजेन्द्र प्रसाद चौधरी,मुनि साह, राम रति राम, मागैन कामैत,विष्णु लाल साह,सरियार कुमारी चौधरी र मन्टि मण्डल रहनु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A