प्रदेश २ को विकास एमालेबाट मात्रै संभवः नेता श्रेष्ठ

  • कार्तिक १०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, नेकपा एमालेको प्रदेश २ को सह इन्चार्ज तथा पूर्व कानुन न्यनय तथा संसदीय व्यवस्था मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश २ को विकास नेकपा एमालेबाट मात्रै संभव रहेको बताउनु भएको छ ।नेकपा एमाले सखुवानन्कारकटि गाँउपालिकाको प्रथम अधिवेशनलाई खैरबोना चोकमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

प्रदेश २ को विकासको लागि केपी ओली नेतृत्वको सरकारले जति काम गरेर देखाएको छ ,त्यति काम नेपालकै इतिहासमा कुनै प्रधानमन्त्रीले नगरेको उहाँले ठोकुवा गर्नुभयो ।मधेशको विकासको लागि लाइफलाइनको रुपमा रहेको हुलाकी सडक निर्माण,कोशी –कमला डाइभर्सन, जनता आवास कार्यक्रम, कृषि, सिंचाइको लागि कामको थाल्नी गरेको ओली नेतृत्वको सरकारमा सुरु भएकोले प्रदेश २ मा पनि एमालेको पक्षमा जनलहर सृजना भएको नेता श्रेष्ठले प्रष्टयाउनुभयो ।

उहाँले थप्नुभयो,‘प्रदेश २ को सरकारले अश्वासन र भ्रष्टाचारमा लागेको छ । नागरिकताको समस्या समाधान गर्न केपी ओली नेतृत्वको सरकारमा आफू कानुन मन्त्री हुँदा ल्याएको अध्यादेशलाई रोक्न अदालतमा मुद्दा दिएर रोक्ने मधेशवादी दलहरु नागरिकता समस्या समाधान गर्न नचाहेको प्रष्ट भयो ।’

‘९० हजार सुकुम्वासीलाई आवासको व्यवस्था गर्न भूमि सम्बन्धी समस्या समाधान आयोग गठन भैसकेको थियो । आयोगले लालपुर्जा दिन अन्तिम तयारी भइरहेको वेला परमादेको भरमा आएको देउवा सरकारले आयोग विघट्न गरेर सुकुम्वासी समस्या समाधान गर्न नचाहेको प्रष्ट छ’उहाँले बताउनुभयो ।

देशैभरि एमालेको पक्षमा जनलहर रहेको उहाँले भन्दै प्रदेश २ मा पनि आउने निर्वाचनमा एमाले प्रथम दल हुने निश्चित रहेको ठोकुवा गर्नुभयो । नेकपा एमालेका नेता कार्यकर्ताले संगठन निर्माण र जनताको पक्षमा सशक्त भएर लाग्नुपर्ने अवस्था आएको नेता श्रेष्ठले सुझाउदै अब हुने तीनै तहको निर्वाचन एमालले जित्ने गरी मेहनेत गर्नुपर्ने बताउनुभयो ।

lilanath.photo 2
अधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय कमिटि सदस्य तथा सिरहा इन्चार्ज गंगाा प्रसाद यादव,केन्द्रिय सदस्य तथा सिरहा सह इन्चार्ज रामरति राम,प्रदेश कमिटिका सदस्यहरु क्रमशः राम शंकर यादव,राजेन्द्र प्रसाद चौधरी,जिल्ला कमिटि सदस्यहरु क्रमशः विष्णुलाल साह,उग्र नारायण यादव, राष्ट्रिय युवा संघ स्थायी कमिटि सदस्य तथा सिरहा इन्चार्ज बैजनाथ साह लगायतका नेतहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता सचितानन्द यादवले गर्नु भएको कार्यक्रमाको सञ्चालन दिपेन्द्र प्रसाद चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य भूप नारायण यादवले व्यक्त गर्नु भएको थियो ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A