जिवछ उदासी
नेकपा एमाले सिरहा जिल्ला कमिटिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रदेश–२ का सह–इन्चार्ज लिलानाथ श्रेष्ठले आउने चुनावलाई ध्यानमा राखेर संगठन निर्माण र परिचालन गर्न निर्देशन दिनु भएको छ । मिर्चैयाको खुश्वु होटेलमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो ।
‘काम गर्न नसक्नेले जिम्मेबारी लिएर हुन्दैन, अब झारा टार्ने प्रवृत्तिले पार्टी चल्दैन । योग्यता क्षमता र क्रियाशिलताको आधारमा पार्टीमा जिम्मेबारी दिइने छ । पार्टीका पुराना योगदान गरेका नेताहरुलाई पनि स्थान दिन कन्जुस्याइ हुँदैन’, नेता श्रेष्ठले प्रष्टयाउनुभयो ।
पर्टीलाई दुर्घटना गर्न सक्ने चालक पनि राख्न नहुने सचेत गराँउदै दुर्घटना गराउनेहरुलाई पार्टीको नेतृत्व पनि दिन नहुने उहाँले बताउनुभयो । नेता श्रेष्ठले थप्नुभयो,‘नेता कार्यकर्ताको कार्य क्षमता हेरेमुल्याङकन हुनेछ । नेताको भक्ति नगरौ पार्टी ठूलो हो भने सोचेर अघि बढौ ।’
पर्टीको हरेक गतिविधि पार्टी कार्यालयबाट सञ्चालन गर्नेगरी हरेक नगरपालिका,क्षेत्र र जिल्लाका पार्टी कार्यालय खोलेर हरेक रेकर्डलाई चुस्तदुरुस्त राख्न पनि उहाँले निर्देशन दिनुभयो
युथफोर्सले कातिक १४ गते सिरहाको ऐतिहासिक मोटरसाइकल प्रदर्शन गर्ने कार्यक्रमलाई व्यस्थित गर्न तोकिएको जिम्मेवारी सबैले पुरा गरयो कि गरेन त्यसको लागि अनुगमन समेत गरिने उहाँले जानकारी गराउनुभयो ।बैठकमा १७ वटै पालिकाको इन्चार्जहरुले आफ्नो कार्य प्रगतिवारे लिखित मौखिक प्रतिवेदन पेस गरेको जिल्ला अध्यक्ष चन्देशश्वर मण्डलले जानकारी दिँदै १४ गते लहानमा ३१ सयभन्दा बढी मोटर साइकल रयाली १७ वटै स्थानीय तहबाट निकालेर लहानमा सम्पन्न गर्ने जानकारी दिनुभयो ।
पार्टीका नेता कार्यकर्ताहरुले अनुशासनको पालना, तोकिएको जिम्मेवारी पुरा कार्यान्वयन गरेर पार्टीलाई आउने निर्वाचनामा सिरहा जिल्लाको प्रथम पार्टी बनाउने गरी लाग्ने नेकपाका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले निर्देशन दिनु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A