जिवछ उदासी
प्रादेशिक समितिका प्रदेश–२ का उपाध्यक्ष रामानन्द गुप्ताको निधनले एक अभिभावक गुमाएको भन्दै मर्यादित आत्मनिर्भर पत्रकारिताको विकास नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने अग्रज पत्रकारले बताएका छन् ।
कातिक ५ गते रक्तचाप बढेर विराटनगरमा उपचार गराउने क्रममा निधन भएको गुप्तालाई श्रद्धा सुमन दिन नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश –२ जनकपुरधाम र पत्रकार महासंघ सिरहा शाखाले उहाँको निज निवासमा शनिबार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै यस्तो बताउनु भएका हुन् ।
प्रमुख अतिथिको रुपमा आम सञ्चार प्राधिकरण प्रदेश–२ का अध्यक्ष श्याम सुन्दर यादवले रामानन्द गुप्ता यस प्रदेशकै अग्रज पत्रकार मात्रै होइन, एक अभिभावक पत्रकारको रुपमा रहेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो,उहाँप्रतिको सच्चा श्रद्धाञ्जली नै पत्रकारितालाई मर्यादित र पत्रकारलाई आत्मनिर्भर बनाउनु हो ।
पत्रकार गुप्ताको सम्झनाको लागि प्रदेश स्तरमा पत्रकारिता पुरस्कारको लागि कोष खडा गरेर प्रत्येक वर्ष उहाँको स्मृतिमा पुरस्कारदिनुको साथै पत्रकार अक्षय कोषको लागि पहल गर्न आफूले आफ्नो पदीय जिम्मेबारीबाट पहल थालि सकेको विश्वास दिलाउनुभयो
‘मर्यादित पत्रकारिताको लागि सधैै रामा दाई चिन्तित हुनुहुन्थ्यो । उहाँको सपना सकार गर्नको लागि पत्रारहरुलाई तालिम दिएर गुणस्तरीयता वृद्धि गर्न प्रतिवद्ध छौ’,उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो,‘पत्रकारलाई राज्यले चौथो अङगको रुपमा लिएपनि राज्यले पत्रकारहरुको हक हितको लागि गम्भीर देखिएको छैन । यसको लागि पत्रकारहरु कलमलाई तिखार्न र पेशााप्रति वफादार हुन आवश्यक छ ।’
प्रादेशिक समिति प्रदेश –२ का अध्यक्ष राजेश कुमार कर्णले प्रदेशको चुनावमा रामानन्द गुप्तासँग परिचित भएको सात महिनामा नै यति प्रभावित भए कि उहाँको अभिभावकीय व्यवहारले म दाइ भनेर नै सम्बोधन गर्ने गरेको बताउनुभयो उहाँ उपाध्यक्ष रहेपनि मेरो अभिभावक जस्तो भूमिका निर्वाह गर्ने रामा दाइको अनुपस्थितिमा कसरी महासंघलाई अघि बढाउने चिन्ता लागेको भन्दै अध्यक्ष कर्णले उहाँले राख्ने गर्नु भएको हरेक सल्लाह सुझावलाई पुरा गर्न लागि पर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले थप्नुभयो,कमिशनको भरमा पत्रिकाहरुलाई दिइने गरेको विज्ञापन विकृतिलाई अन्तय गरी स्थानीय पत्रिकालाई ७० प्रतिशत, प्रादेशिक पत्रिकालाई २० र केन्द्रिय पत्रिकालाई १० प्रतिशत विज्ञापन दिएर पत्रपत्रिकाहरुलाई व्यवस्थित र पत्रकारहरुलाई आत्म निर्भर बनाउने सके मात्रै रामा दाई प्रतिको सच्चा श्रदाञ्जली हुनेमा जोड दिनुभयो ।
वरिष्ट पत्रकार राम रिझन यादवले रामानन्द गुप्ता सिरहाको पत्रकारिताको इतिहासमा पत्रकार महासंघलाई व्यवस्थित गर्ने पहिलो पत्रकार भएको स्मरण गर्नु हुँदै उहाँ भौतिक रुपले हामी समक्ष नरहेपनि योगदानको हिसावले कहिले पनि विर्सन नसकिने बताउनुभयो
‘आफू विराटनगरमा रहँदा पत्रकारितामा मान सम्मान पाएको अनुभूति गर्छु सिरहा आँउदा पत्रकारिता क्षेत्र भद्रगोल देखेर निकै चिन्तति हुने गरेको छु । सिरहाको पत्रकारितालाई मर्यादित बनाउन सके मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ’ ,पत्रकार यादवले मनको वह पोख्नुभयो ।
पत्रकार महासंघ रिहाका निर्वतमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले रामानन्द गुप्ताको नाँउमा पत्रकारिता पुरस्कार र पत्रकार अक्षय कोष खडा गर्न पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश –२ गम्भीर हुन सुझाव दिँदै श्रद्धात्तजली व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश २ का सदस्य तथा मेडिया काउन्सिलका सदस्य समेत रहनु भएको कैलास दासले पत्रकार कल्याण कोषलाई अघि बढाउन र स्वास्थ्य बीमा कार्यलाई अघि बढाउन पहल थाल्नुपर्ने भन्दै रामानन्द गुप्ताको अभाव सधैं महासंघलाई भइरहने बताउनुभयो ।
अर्का सदस्य रोयाण्टर मण्डलले रामानन्द गुप्तालाई काका मानेर पत्रकारितामा सम्मान गरिरहेको भन्दै प्रदेश २ का कुनै पनि सक्रिय पत्रकार पत्रकार महासंघको सदस्यताबाट बञ्चित हुुनुनपर्ने उहाँको सपना सकार गर्नु नै सच्च श्रद्धाञ्जली हुनेमा जोड दिनुभयो ।
पत्रकार जिवछ उदासीले रामानन्द गुप्ता पञ्चायत कालमा पत्रकारिताको थाल्नी गरेर परिवर्तनको पक्षधर अभिभावक पत्रकारको रुपमा गर्नुभएको योगदानलाई प्रेरणाको रुपमा लिएर मर्यादित रआत्मनिर्भर पत्रकारिताले उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिनुभयो
रामानन्द गुप्तासँग २०४७ सालदेखि मीत्रको रुपमा रहेको अग्रज पत्रकार दिनेश देवले उहाँ विभिन्न मिडियामा काम गरेर सिरहाको पत्रकारिताको इतिहासमा नयाँ आयाम खडा गरेर प्रादेशिक पत्रकारितामा अघि बढनु भएको चर्चा गर्दै उहाँको स्वभाव र व्यवहार अति मिलनसार रहेको बताउनुभयो ।
पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले वरिष्ट अभिभावक पत्रकार रामा गुप्ताको सम्झाना पत्रकारिता पुरस्कार कोषको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले देखाउनु भएको मार्गमा हिँडेर सिरहाको पत्रकारितालाई मर्यादित बनाउने बताउनुभयो ।
पत्रकार महासंघ सिरहाका सचिव शिव दयाल यादव, कोषाध्यक्ष विरेन्द्र नेपाल,पत्रकार सोनु मिश्रा,सन्जय यादव पत्रकार महासंघका सह सचिव दुर्र्गा परियार प्रेस चौतारी सिरहाका अध्यक्ष राम भरोसी महतोले समेत श्रद्धाञ्ली शोक मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रको संचालन सरगम एफएमका संचालक फिरोज शेखले गर्नु भएको थियो । उहाँले प्रत्येक वर्ष उहाँको स्मृति दिवसमा पुरस्कारको लागि ५ हजार दिइने घोषणा गर्नु भएको थियो । श्रद्धाञ्जली सभामा प्रादेशि समिति प्रदेश–२ का उपाध्यक्ष ज्योति झाको पनि उपस्थिति रहेको थियो ।
पत्रकार गुप्ताको एक छोरी दुई छोरा र पत्नी रहेका छन् । लहान–७ मा घर रहेको उहाँको आर्थिक अवस्था नाजुक नै रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A