जिवछ उदासी
नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा–३ का ससांसद लिलानाथ श्रेष्ठले एमाले सिरहा जिल्लामा झन् शक्तिशाली रहेको मोटरसाइकल रयालीले प्रमाणित गरेको बताउनुभयो ।युथफोर्स नेपालको सिरहा जिल्ला भेलाको लागि आयोजना गरेको मोटरसाइकल रयालीपछिको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आइतबार लहानमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
सिरहाको इतिहास रहँदै आएको छ कहिले पनि फुटको पक्षमा नगएको नेता श्रेष्ठले भन्दै दशौ हजारको संख्यामा मोटरसाइकल रयाली युवाहरुले निकालेर नेकपा एमाले झन शक्तिशाली भएको प्रमाणित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेकपा एमालेको पक्षमा देशैभरि लहर सृजना भएकोवेला सिरहा एमालेको लाल किल्ला बन्नबाट कुनै शक्तिले रोक्न सक्दैन । एमालेको सरकार भएकोवेला जनकल्याणको काम हुन्छ , अरु अाँउदा भ्रष्टाचार र विकृति मात्रै मौलाउने गरेकोले अब एमालेको विकल्प नरहेको जनताले बुझ्दै जान थालेको छ ।’
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सिरहाको लहानमा उर्लेको जनसागरले आउने हरेक निर्वाचन एमालेको पक्षमा हुने पुष्टि गरेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘अदालत सहित पाँच दलीय गठबन्धनले एमालेलाई पछार्न गरिरहेको प्रयास युवाहरुले निस्तेज गरिरहेको छ । नेकपा एमाले बाहेक कुनैपनि शक्तिले नेपालको राष्ट्रियता र समृद्धिको अभियान पुरा गर्न सक्दैन । युवाहरु गाँउ गाँउबाट उठेर विकास विरोधी षडयन्त्रकारीहरुलाई ठेकान लगाउन जरुरी छ ।’

राष्ट्रिय युवा संघका महासचिव रमेश आचार्यले युवाहरु परिर्वतनको संभावह शक्ति मात्रै होइन,नेकपा एमालेले लिएको सुखी नेपाली र समृद्ध नेपालको अभियानलाई साथ दिन केपी ओलीको पक्षमा लागि रहेको बताउनुभयो ।‘लहान नगरपालिकाका मेयर मुनि साहले अघि बढाउनु भएको हाम्रो लहान, समृद्ध लहानको अभियानमा सिरहाका युवाहरुले हजारौको संख्यामा मोटरसाइकल प्रदेर्शन गरेर विकास विरोधीहरुलाई खवरदारी गरेको छ’ ,उहाँले प्रष्टयाउनुभयो ।
युथ फोसंका संयोजक क्षितिज थेवेले युथफोर्स भनेको एमालेको सिपाही संगठन हो । यसले प्रदेश २ का सामाजि विकृति हटाउन र सामाजिक न्याय स्थापनाको लागि अघि बढेको बताउनुभयो । उहाँले थप्नुभयो,एमालेका नेता कार्यकर्तामाथि झुठा मुद्धा लगाउने प्रयास भयो भने युथफोर्स चुप लागेर बस्ने छैन । युथफार्सले जनजागरण अभियान लिएर गाँउ गाँउ सुखी नेपाली र समृद्ध नेपालको लागि एमालेको पक्षमा जनलहर सुजना गर्नेछ । यसको सुरुवात प्रदेश २ मा लहानबाट आज सुरु भैसकेको छ ।
नेकपा एमाले प्रदेश २ का सदस्य तथा लहान नगरप्रमुख मुनि साहले एमालेको नृतृत्वा रहेको लहान नगरको स्थानीय सरकारले अघि सारेको विकास निर्माणमा कुनै दलले बाधा व्यवसान खाडा नगरी काम गर्न दिनुपर्ने आग्रह गर्नुभयो ।
‘विकास निर्माणमा प्रहरी प्रशासनले साथ नदिए युथफोर्सकोसहायता लिएर पनि अघि बढनुपरे अघि बढनेछौ तर विकासको गतिअब रोकिँदैन’ ,उहँले प्रष्टयाउनुभयो ।
सिरहाको १७ वटै पालिकाबाट मोटरसाइकल प्रदेर्शन गरी लहानको वस पार्कमा आयोजित कार्यक्रममा भेला भएको थियो । युथफोर्स सिरहा १७७ सदस्यीय कमिटि हुने र त्यसको पदाधिकारी सहित सदस्यहरुको नमावली चाँडै घोषणा हुने एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनु भएको थियो । कार्यक्रम युथफोर्स सिरहाका प्रमुख सरोज चन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A