जेएस मुरारका क्याम्पसलाई ५० लाख सहयोग गर्छौ :अर्थ मन्त्री साह

  • कार्तिक १९, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान । प्रदेश–२ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले लहान स्थित गुणस्तरीय चिन्ह प्रत्ययन (क्युएए) प्राप्त जेएस मुरारका बहुमुखी क्याम्पसको अधुरा विज्ञान भवन निर्माणको लागि ५० लाख सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा १ को (क) प्रदेशका प्रदेशसभा सदस्य लगन लाल चौधरीको विशेष आग्रहमा क्याम्पसको निरिक्षण गर्न आइपुग्नु भएको मन्त्री साहले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसको रङगरोङगन गर्न ५० लाख र लहान स्थित जेएस मुरारका क्याम्पसको विज्ञान भवन निर्माणको लागि तत्काल ५० लाख रकम विनियोजन गर्ने मन्त्री समहले विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो,‘लहान स्थित यस क्याम्पसमा आफू पहिलो पटक आउने अवसर मिल्यो । यो क्याम्पस त प्रदेश २ को नमूना क्याम्पस बन्ने पूर्वाधार र कुसल शैक्षिक व्यवस्थापन रहेकोले यस क्याम्पसलाई करोडौ रकम सहयोग गर्नको लागि जेठ असारमा बजेट निर्माण हुने समयमा प्राथमिकतामा राख्ने छौ ।’

shailendra sah mantri news.photo 3

प्रदेश सभाका माननीय लगनलाल चौधरीले क्याम्पसमा संसदीय कोषबाटखानेपानीको समेत व्यवस्थापन गरेको भन्दै यस क्याम्पसलाई प्रदेश –२ कै नमूना क्याम्पस बनाउन प्रदेश सरकारका अर्थ मन्त्री साहले गर्नु भएको प्रतिवद्धते उत्साहित बनाएको खुसी व्यक्त गर्नुभयो ।उहाँले थप्नुभयो,‘शिक्षा क्षेत्रमा अनावश्यक राजनीतिकरण नगरी सबै पक्षले यसको उन्नयनमा लागे मात्रै प्रदेश –२ को शिक्षामा सुधार हुनेछ ।’

एक करोडभन्दा बढीको लगानीमा लहानका लभ्ड प्रतिष्ठित उद्योगपति प्रमेश्वर मुराराकाका परिवारले आधुनिक विज्ञान प्रयोगशाला निर्माण कार्य सम्पन्न भैसकेपछि प्रदेशसभाका माननीय लगन लाल चौधरीको पहलमा आएको ८५ लाख रकमबाट निर्माण भएको भुूँईतले भवनलाई व्यवस्थित गर्न तत्कालै मन्त्री साहले ५० लाख दिइने प्रतिवद्धताले लहान क्याम्पसको शैक्षिक विकास र भौतिका विकासमा ठूलो मद्यत पुग्ने क्याम्पस प्रमुख तुलसीराम पोखरेलले खुसी व्यक्त गर्नुभयो ।

३१ सय विधार्थी रहेको यस क्याम्पसले विज्ञान संकाय र वाणिज्य संकायलाई अझै व्यवस्थित बनाउन र यस क्षेत्रबाट विज्ञान र वाणिज्य संकाय पढन लहान बाहिर जाने विधार्थी पलायनलाई रोक्न व्यवस्थापनमा लागेको व्यवस्थापन समितिका अध्यक्ष राम सुन्दर चौधरीले जानकारी गराउनुभयो ।

shailendra sah mantri news.photo 4 1
कक्षा ११ र १२ कासंयोजक तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य जिवछ यादव उदासीले लहान क्याम्पसको शैक्षिक प्रगतिको लागि प्रदेश–२ का मुख्यमन्त्री मो लालबाबु राउत पूर्व अर्थ मन्त्री विजय यादवले समेत अनुगमन गरेर नमूना क्याम्पस बनाउने प्रतिवद्धता गर्नु भएको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो,‘लहान क्याम्पसमा कृषि विज्ञानको पढाइ संचालन गर्ने प्रर्याप्त जग्गा रहेकोले प्रदेश सरकारले प्राथमिकतामा यस क्याम्पसलाई राखेर संघीय र स्थानीय सरकारलाई समेत यसतर्फ ध्यान आकर्षण गराउन जरुरी छ । उदार दाता परिवार,सामुहिक राजनीतिक प्रतिवद्धता र इमानदार प्रयासले क्याम्पस प्रगतिउन्मुख भइरहेको छ ।’

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A