एमाले झन् सशक्त हुँदैछ : लिलानाथ श्रेष्ठ

  • कार्तिक २२, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी 

लहान । नेकपा एमालेको केन्द्रीय सदस्य  प्रदेश २ का सह-इन्चार्ज  तथा सिरहा -३ का सांसद  लिलानाथ श्रेष्ठले  प्रदेश -२ मा  एमाले सशक्त हँदै गएको बताउनु  भएको छ ।

प्रदेश-२ को समृद्धि र विकास एमाले बाहेक अर्को कुनै दलले गर्न नसक्ने प्रदेश-२ का जनताले बुझिसकेकोले आउने चुनावमा प्रदेश-२ को तीनै तहमा एमाले पहिलो दल हुने उहाँले दावी गर्नुभयो ।

हुलाकी सडक निर्माण, कोशी-कमला डाइभर्सन, राष्ट्रिय राजमार्गलाई चार लेन बनाउने, निजगढमा अन्तराष्ट्रिय स्तरको विमान स्थल, गाँउगाँउमा सडक सञ्जाल, कषि, शिक्षा, स्वास्थ्य, दलित गरीवहरुको वस्ती निर्माणको कार्य केपी ओली नेतृत्वको  सरकारले  गरेकोले जनताको रोजाई नेकपा एमाले भएको छ ।

सुरुसुरुमा  फुटकोपछि लागेका नेता कार्यकर्ताहरु  मुल घर  एमालेमा फर्किने लहर नै चलेको बताउदै चुनावसम्ममा सबै सुर्य चिन्ह नै रोज्ने निश्चित छ । दशौ महाधिवेशन सकिएपछि एमाले झन् शक्तिशाली भएर आउने नेता श्रेष्ठले बताउनुभयो ।

भ्रष्टाचारको अन्तय र सुशासनको प्रत्याभूति विकासको लहर र राष्ट्रियताको लागि अडान लिने पार्टी नेकपा एमाले मात्रै  रहेको भन्दै प्रदेश-२ का जनताले यस प्रदेशको कृषि पर्यटन शिक्षा, सुशासन, सुवास्थय र सामाजिक न्यायको लागि  एमालेमा समाहित भइरहेको  उहाँले जिकिर गर्नुभयो ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A