जाहाँ एमाले त्याँहा विकास र समृद्धि :सांसद लिलानाथ श्रेष्ठ

  • कार्तिक २२, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान । नेकापा एमालेको केन्द्रिय सदस्य, प्रदेश २ का सह–इन्चार्ज तथा सिरहा–३ का संघीय सांसद लिलानाथ श्रेष्ठले एमाले जितेको स्थानीय तह, प्रदेशसभा र संघीय सांसद जितेको ठाँउमा विकासको लहर आएकोले देशैभरी एमालेप्रति आकर्षण बढेको बताउनु भएको छ ।

नरहा गाँउपालिकाको प्रशासनिक भवन र दिनाभद्री आधारभूत विद्यालय भवनको शिलान्यास गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

राष्ट्रियता र समृद्धिको लागि नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लिएर अघि बढिरहेको छ । जनपक्षीय काम गरीरहेको केपी ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड र माधव नेपाल देशी विदेशी षडयन्त्रकारीहरुको फन्दामा परेर कम्युनिष्ट पार्टीको सरकार ढालेर गैर कम्युनिष्ट दलको नेतृत्वमा सरकार बनाएर ठूलो भूल गरेको उहाँले भन्दै आउने चुनावमा नेकपा एमालेको तीनै तहमा बहुमतको सरकार बन्ने दावी गर्नुभयो ।

shreshtha lila.photo 2
सुगम भएपनि दुर्गम कर्णालीभन्दा पनि विकासमा पछि परेको प्रदेश २ को विकासको लागि नेकपा एमाले पार्टीलाई बलियो बनाउनुपर्नेृ जन चेतना वृद्धि भइरहेकोले विकास प्रेमी र राष्ट्रप्र्मीहरु एमालेमा प्रवेश गरीरहेको नेता श्रेष्ठले तर्क गर्नुभयो ।

सिरहा–३ का जनताले माया गरेर सांसद चुनिएकोले यस क्षेत्रको विकासको लागि जनभावनालाई कदर गर्नको लागि कहिलेपनि पछि नपर्ने विश्वास दिलाँउदै भन्नुभयो,‘एमाले बलियो बनाउन लाग्नुको विकल्प छैन् ।’

प्रशासनिक भवन र विद्यालय निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गरेर नरहा गँउपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र सााजिक न्यायको क्षेत्रमा नमूना काम गरेर देखाउन नेता श्रेष्ठले आग्रह गर्नुभयो ।जहाँ एमाले त्यँहा विकास भने भनाइलाई व्यवहारमा उतार्न नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु जनतासँग चुनावमा गरेका प्रतिवद्धताहरु पुरा गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेबाट चोइटिएर गएकाहरुले विकास र निकास होइन, इष्र्या र कुण्ठा बोकेर आफ्नै घरमाआगो लगाउने महागल्ती गरेकोले जनताले पत्याउने छैन एमाले कमजोर हुँदैन झन् शक्तिशाली हुँदै जान थालेको नेता श्रेष्ठले जिकिर गर्नुभयो ।
नरहा गाँउपालिकाको अध्यक्ष राम शरण यादव, उपाध्यक्ष गुलाव देवी चौधरी र वडाध्यक्षहरु समेत उपस्थिति रहेको कार्यक्रममा स्थानीय जनताहरुको घुइचो लागेको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A