छठ पूजाको लागि रघुनाथपुर पोखरीको घाटसजावट हेर्न लायक

  • कार्तिक २४, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान । एकता र समाजिक सद्भावको पर्वको तयारी रघुनाथपुर पोखरीमा सकिएको पूजा समितिले जनाएको छ । पोखरीको सजावट आकर्षक देखिएको छ । यतिवेला टाढैबाट पोखरी हेर्दा विवाह मण्डप जस्तै सिङगारिको छ । हेर्न लायकको पोखरी सजावट र पूजा हेर्न आउनेहरुको संख्या यस वर्ष उल्लेखनीय रहने आयोजकले बताएको छ । लहानको खुटी खोला र रघुनाथपोखरीको घाट सजावटको लागि लाग्ने खर्च घाट सुरक्षित गर्नेहरुबाट चन्दा संकलन गरी उठाएको छ ।

रघुनाथपुर पोखरीको पूजा समितिका अध्यक्ष भूवनेश्वर महतोको अनुसार यस वर्ष पोखरीको तीनै डीलमा गरी १२५ जनाले घाट सुरक्षित गरेका छन् । घाट तयारी सजवाट, टेन्ट व्यवस्थापनको लागि अधिकतम दुई हजार र न्यूनत दुई सयको दरले चन्दा संकलन गरिएको छ ।

दूई हजारभन्दा बढी घाट खुटी खोला लहान–४, ५, ६, ७, ८, ९ र १० नम्बर वडाका स्थानीयहरुले दिपावली सकिए लगतै घाट व्यवस्थापनमा लागि सकेको लहान–५ का वडाध्यक्ष मो सुलेमान अन्सारीले जानकारी दिनुभयो ।उहाँको अनुसार यस वर्ष खुटीको पश्चिम किनारामा लहरै घाट व्वयस्थापनको लागि लहान नगरपालिकाले विशेष सरसफाई र घाट निर्माणमा सहयोग गरेको छ ।

chhatha news.photo 4

हरेक गाँउ ठाँउमा रहेको पोखरी ताल तलैया यतिवेला दुलही जस्तै सिङगारिएको सिरहा जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले भन्दै यसको लागि सिरहाका १७ वटै पालिकाका जनप्रतिनिधिहरु घाटसजावट र छठ पूजामा सहयोग र समन्वयकारी भूमिका खेलेको जानकारी दिनुभयो ।

बुधबार साभ्mको सुर्यलाई अस्ताउदो वेलाको अर्घ दिई सुरु जलाशयमा सुरु हुने पूजाको लागि सिरहाको बलान, खुटी, गागन, कमला नदीमा विशेष तयारी सकिएको छ ।

chhatha news photocapsion jibachh

छठ पर्वमा किसानले उत्पादन गरेको अन्न, तरकारी मसला बनस्पति केरा उखु समेत प्रसादको रुपमा चढाएर वर्षभरी परिवारमा सुख शान्ति र रोगव्याधिबाट जोगिन अराध्य देव सुर्यको पूजा गर्न छठ पर्व मनाइदै आएको छ । यस पर्वको महिमा बढ्दै जान थालेकोले संघ प्रदेश र स्थानीय सरकारले समेत सार्वजनिक विदा दिएको छ । छठपर्व सकिएपछि किसानहरुले धान भित्रयाउने र गहुँ छर्ने कार्यमा व्यवस्त हुने गर्दछ ।

दिपावलीको ६ दिनपछि हुने छठ पर्वमा पहिलो दिन पूजामा वस्ने महिला पुरुषले माछा मरुवा –कोदो) नखाने , दोश्रो दिन न्हाँ खाँ गरी खाने, तेस्रो दिन दिनभरी उपवास बसेर राती सखर मिलाएर बनाएको खीर खाने र चौथो दिन पूजाको दिन साँझमा अस्ताउदो सूर्यलाई अर्घ दिइने र अन्तिम दिन विहान उदाँउदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुने गर्दछ ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A