लहान । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अघ्र्र्य दिएपछि छठ समापन हुने गर्दछ । लहानको रघुनाथपुर पोखरी, खुट्टी, बलान खोलाको किनारमा बनाइएको छठघाटमा हजारौँको संख्यामा सहभागि भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन नदी किनारमा जाने गर्छन् ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोली उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A