जिवछ उदासी
लहननको खुटीमा छठ पर्व हेर्न आउनेहरुको अत्यधिक भीड बढेको छ । साँझको पुजा सकेर घर फर्किनु पर्दथ्यो विगतका वर्षहरुमा । यश वर्ष छठ पुजा हुने खुटी किनारमा लहान नगरपालिकाले सुन्दर पार्क निर्माण भएपछि फोटो खिच्नेहरुको भीड बढेको हो ।
जहाँ अहिले पार्क निर्माण भएको छ । त्यस ठाँउमा विगतका वर्षहरुमा दुर्गन्धले नाक थुनेेर हिड्नु पर्दथ्यो । यसवर्ष गरेको सरसफाइ र पार्क निर्माणले समय खर्चिन र सेल्फी लिनेहरुको घुइचो लाग्ने गरेको छ । लहान नगरपालिकाले धेरै राम्रो काम गरेको लहान-६ का गोपाल गुप्ताले भन्दै विकासप्रेमी नगरप्रमुख मुनि साहलाई धेरै धेरै धन्यवाद भन्नुभयो । गोपाल गुप्ता जस्तै पार्कमा रमाउदै सेल्फी लिदै खुसी व्यक्त गरेका छन् ।
लहान नगरप्रमुख मुनि साह भन्नुहुन्छ लहानमा धार्मिक पर्यटनको रुपमन सलहेश फुलवारी, रादेवी, पकडियागढ, मानिकदह, ब्रमहान स्थान र मनोरञ्जन पार्कको रुपमा ग्रिन खुटीपार्क, भवरा पार्क, हात्तीदह, देवीदहको विकास गर्ने लक्ष्य रहेको छ ।
लहानको शहरी क्षेत्रमा खुटी नदी, रघुनाथपुर पोखरी, पुरणी पोखरीलगायका जलाशयमा यश वर्ष छठ पर्व गर्नेहरुको भीड देखिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A