मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै

  • कार्तिक २७, २०७८
  • समृद्धिपथ
alt

सिरहा । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज अक्षय नवमी मनाइँदै गरिएको हो।

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने अक्षय नवमी सामुहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ। पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमलाको रुखको फेदमा खाना खाने मैथिल परम्परा छ।

अक्षय नवमीको अवसरमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ।

अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ। अक्षय नवमी विशेषले अब चिसो मौसम छिप्पँिदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालकिा-२ का महेशकुमार झाले बताए।

अक्षय नवमीमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन्। सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन्। सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवा बजारका बासिन्दा शिवनारायण झा बताउँछन्।

पर्व विशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन्। खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधकिृत डा. सुनलि दाहालको भनाइ छ।

मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमीसमेत भनिने गरिएको छ। यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश वध गर्न पूर्व मथुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार डा। राजेन्द्रप्रसाद विमल बताउँछन्।

कात्तिक शुक्ल नवमिदेखि पूणर्िमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ। अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ। इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमलाको प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा। विमल बताउँछन्। अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवा बताउँछन्।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A