नेकपा एसतर्फ सनाखत गरेका दुई जनप्रतिनिधिहरु फर्किए एमालेमा

  • कार्तिक २८, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
कर्जन्हा नगरपालिका वडा नम्बर ३ वडा सदस्यहरु अमृति देवी सदा र धना देवी मुखिया नेकपा एमालेमा फर्केका छन् । नेकपा एमालेबाट फुटेर नेकपा एकिकृत समाजवादी पार्टी गठन भएपछि दुवै जना नेकपा एसतर्फ सनाखत गरेकी थिइन ।

कर्जन्हा नगरपालिक वडा नम्बर ३ को वडा अधिवेशनमा कातिक २७ गते शनिबार उहाँहरु आफ््नै पुरानो घर एमालेकमा फर्केको बताउनुभयो । ‘जहाँ सूर्य चिन्ह हुन्छ, त्यहि रहने नेकपा एमाले नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएकोले केहि नेताहरुको लहैलहैमा नेकपा एसतिर लागेका थियौ । अब कहिले पनि एमाले नछाड्ने गरी आफ्नै घर फर्केका छौ’, वडा सदस्यहरु सदा र मुखियाले बताउनुभयो ।

कर्जन्हा नगरपालिकाका नेकपा एमाले इन्चार्ज भोला पोखरेलले भन्नुभयो, ‘विस्तारै विस्तारै भ्रमहरु हट्दै गएको छ । एमालेबाट एस भएकाहरु मात्रै होइन, नेकपा माओवादी छाडेर नेता कार्यकर्ता र जनाताहरुसमेत कर्जन्हामा एमालेतर्फ लाग्ने क्रम बढेको छ ।’

कर्जन्हा नगरपालिकाको वडा नम्बर ३ मा झिनो मतले एमालेको वडा अध्यक्षको प्रत्यासी प्रकाश कोइराला पराजित भएपनि ४ जना वडा सदस्यहरु एमालेबाट नै विजय भएका थिए ।
सिरहा–४ कमला भेगका क्षेत्र बामपन्थीहरुको बलियो पकड मानिएको यस क्षेत्रमा माओवादीको प्रभाव देखिएपनि माओवादीले नेपाली काँग्रेससँग गठबन्धन गरेको कारण्ले त्यस भेगका बामपन्थीहरु एमालेतर्फ धमाधम फर्किन थालेका छन् ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A