महाधिवेशन सफल बनाउन एमालेका सबैतहका नेताहरु जिम्मेबार भएर लागौ : इन्चार्ज गंगा प्रसाद यादव

  • कार्तिक २८, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । नेकपा एमालेको केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले आसन्न दशौं महाधिवेशन सफल बनाउन पार्टीको संगठित सदस्यहरुले जिम्मेबारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

सिरहा–१ बाट प्रतिनिधि चयनका लागि प्रदेशसभा सदस्य, जिल्ला कमिटि सदस्य, गाउपालिका नगरपालिका अध्यक्ष तथा वठा कमिटिका अध्यक्षहरुको भेलालाई लहानमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

यस क्षेत्रका प्रत्येक वडाबाट एकवटा वस लैजानुपर्ने भएकोले महाधिवेशनमा जाने जनही एक हजारको दरले रकम उठाएर पर्यटकीय क्षेत्र पनि हेर्ने महाधिवेशनमा पनि सहभागी हुने गरी एकपन्थ दुईकाजको उद्येश्य लिएर तयारी गर्न निर्देशन दिनुभयो ।
सिरहा १ बाट एक महिला सहित तीन जना प्रतिनिधि चयन गर्न सल्लाहकार समितिका सदस्य तथा सिरहा–१(क) प्रदेशसभाका माननीय लगनलाल चौधरी र म केन्द्रिय सदस्य गरी दुई जनाले चयन गर्ने नामलाई २९ गते संगठित सदस्यहरुको उपस्थितिले अनुमोदन गर्ने प्रस्ताव रहेको जानकारी गराउनुभयो । केस यादवले प्रस्ताव राखेपछि उपस्थित सबैले एकमतले पारित गर्दै २९ गते आउने नामलाई नै अनुमोदन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश समिततिका सदस्य राम विलास साह,राजेन्द्र चौधरी राम शङकर यादव ,सल्लाहकार समितिकासदस्य तथा माननीय लगनलाल चौधरी र प्रदेश कमिटि सदस्य तथा लहान नगरप्रमुख मुनि साहले सिरहाबाट आठहजार महाधिवेशनमा सहभागी हुन, वस व्यवस्थापन र प्रत्येक संगठित सदस्यबाट रु एक सयको दरले उठाएर रकम बुझाउन प्रत्येक नेता रअगुवा कार्यकर्ताहरु लाग्नुपर्ने साझा धारणा व्यक्त गर्दै प्रतिनिधि छनौटको लागि तोकिएको केस यादव रसल्लाहकार समितिका चौधरीले चयन गरेको नाममा सहमति गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A