क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन बाँकीमा आज हुँदैं

  • कार्तिक २९, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, कातिक २९ गते । आसन्न नेकपा एमालेको १०औ महाधिवेशनको लागि सिरहाको क्षेत्र नम्वर २ मा सर्वसम्मत रुपमा आइतबार प्रतिनिधि चयन भएको छ भने बाँकी रहेको तीन क्षेत्रमा आज सोमबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिने नेकपा एमाले सिरहाले जनाएको छ ।

आइतबार क्षेत्र नम्बर २ सुखीपुरमा सम्पन्न भेलाबाट नरेन्द्रराज पोखरेल,रामऔतार यादव, रामेश्वर साह र निर्मला बास्तोला सर्वसम्मत रुपमा प्रतिनिधिको रुपमा चयन भएको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।पोखरेल सिरहा २ बाट निर्वाचित हुनु भएको पूर्व सांसाद र हाल प्रदेश कमिटि सदस्य , यादव सुखीपुर नगरपालिका प्रमुख र प्रदेश कमिटि सदस्य ,साह प्रदेश कमिटि सदस्य र बास्तोला जिल्ला कमिटि सचिवालय सदस्य हुनुहुन्छ ।

eutama sarbasamat news. photo 2
उहाँको अनुसार सिरहा ,१ लहानमा , सिरहा ३ को चोहर्वामा र सिरहा ४ नम्बर क्षेत्रको मिर्चैयामा सोमबार ११ बजेदेखि प्रतिनिधि चयन हुने कार्यक्रम रहेको छ । सिरहामा ४३७३ प्रतिनिधिबाट जिल्लामा १४ जना प्रतिनिधि चयन हुने भएको छ । यसैगरी दलित संगठित सदस्यहरुबाट प्रदेशकमिटि सदस्य रामपृत राम र राम स्वरुप सदाय सर्वसम्मत रुपमा चयन हुनु भएको छ । बाँकी ३ क्षेत्रमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि चयनको लागि गृहकार्य भैसकेको बताएको छ ।

सिरहा –१ मा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्नको लागि सल्लाहकार समितिका सदस्य तथा प्रदेशसभा माननीय लगनलाल चौधरी केस तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवलाई जिम्मेबारी तोकेको सिरहा –१ का इन्चार्ज विष्णुलाल साहले जानकारी दिनुभयो ।

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A