जिवछ उदासी,
लहान । आसन्न १०औं महाधिवेशनको लागि सिरहाका चारवटै संघीय निर्वाचन क्षेत्रबाट १६ जना महाधिवेशन प्रतिनिध चयन गरेको छ ।
नेकपा एमाले सिरहाका अध्यक्ष चन्देश्वर मण्डलका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट राजेन्द्र प्रसाद चौधरी, रामशंकर यादव र गीता चौधरी रहेका छन् । त्यसैगरी सिरहा क्षेत्र नम्बर २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार यादव, रामेेश्ववर साह र निर्मला बास्तोला रहेका छन् भने सिरहा ३ बाट चन्देश्वर मण्डल, डा नवीन यादव, पुष्पलाल पाख्रिन, आशा यादव रहेका छन् ।
त्यसैगरी सिरहा क्षेत्र नम्बर ४ बाट रनम पुकार साह, प्रदिप महासेठ र कल्याणी ढुङगाना चयन भएका छन् भने दलित समुदायबाट रामप्रित रनम र राम स्वरुप सदा चयन भएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
यसै गरि केन्द्रीय सदस्यहरु क्रमशः लिलानाथ श्रेष्ठ, गंगाप्रसाद यादव, धर्मनाथ यादव, प्रमोद नारायण यादव, रामरति राम र सल्लाहकार समिति सदस्य लगनलाल चौधरी गरि सिरहाबाट २२ जना महाधिवेशनमा भाग लिने भएका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A