जिवछ उदासी,
लहान । लहान नगरपालिका वडा नम्बर २४ को कार्यालयमा लगाइएको ताला तोडेर भएपनि जनताको दैनिकी काम र विकास निर्माणको काम अघि बढाउने वडाध्यक्ष कमल देव याादवले बताउनु भएको छ ।
कातिक १० गतेदेखि विपक्षी दलहरुले कार्यालयमा तालाबन्दी गरेर जनताको दैनिकी काममा अप्ठयारो सृजना गरेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष यादवले भन्नुभयो,´तालाबन्दी समस्याको समाधान होइन, आएर छलफल गरौ भन्दा नमान्ने वडाकार्यालयलाई बन्दी बनाउन मिल्दैन । म पनि जनतनबाट निर्वाचित भएर जनताकै काम गर्न ओहोरात्र लागेको छु । विकासको लाागि समस्याको निकासको लागि छलफल गर्न तयार छौ ।'
२० दिनसम्म हेरयौ अब प्रतिक्षाको घडी सकिदैछ ताला तोडेर जनताको काम गरिन्छ । चुनाव नजिकिँदै गएपछि राजनीति स्वार्थ पूरा गर्न गरेको षड्यन्त्र चिर्न वडावासी समर्थक जनतालाई साथमा लिएर अघि बढने उहाँले बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A