जीबाछ उदासी
लहान, कार्तिक ३० गते । नेपाली काँग्रेस लहान नगरपालिका सभापतिको लागि फुलेश्वर महतो र रासलाल रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । चुनावको लागि निर्वाचन अधिकृत अन्य वडाको निर्वाचनमा व्यस्त भएकोले आज हुने भनिएको निर्वाचन बुधबार सारिएको प्रेस युनियन सिरहाका सचिव पत्रकार शम्भु यादवले बताउनु भएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायत विभिन्न सामाजिक संघंस्थासँग आवद्ध रहँदै नेपाली कांग्रेसका पुरानो नेताको रूपमा महतो चिनिनुहुन्छ । राय निर्माण व्यवसायीसंघका अध्यक्ष हुनुहुन्छ ।

लहान नगरपालिकामा आठसय भन्दा मतदाता प्रतिनिधि रहेको लहान नगरपालिकामा महतोलाई सभापतिमा जिताउन लहान नगरसभपती सुनिल महतो र महेश चौधरीको साथ छ भने रायलाई क्षेत्रिय सभापति अचमितलाल चौधरी र केन्द्रीय सदस्य पदमा नारायण चौधरीको साथ रहेको बताएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A