सामुदायिक विद्यालयको स्तरोन्नति प्राथमिकतामा :नगरप्रमुख साह

  • मंसिर २, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान, मंसिर २ गते । लहान नगरपालिका प्रमुख मुनि साहले सामुदायिक विद्यालयहरुको स्तारोन्नति प्राथमिकतामा रहेको बताउनु भएको छ । लहान –९ गोठमा रहेको श्री जनता आधारभूत विद्यालय लहान–९ गोठ को दुई कोठे भवनलाई शिलान्यास गर्नुहुँदै यस्तो बताउनु भएको हो ।

हाम्रो लहान, समृद्ध लहानको नारा सफल बनाउन र विकासको मेरुदण्डको रुपमा रहेको शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो । लहान–९ मा रहेको यस विद्यालयको स्तरोन्नति गर्दै कक्षा ५ बाट कक्षा ८ मा स्तरवृद्धि गरेको नगरप्रमुखले भन्दै यसविद्यालयलाई माविसम्म बनाउने लक्ष्य रहेको उहाँले विश्वास दिलाउनुभयो ।

६० वटासामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले प्राथमिकताको आधारमा स्तरोन्नति गरिरहेको नगरप्रमुख साहले स्पष्ट गर्नुभयो । ‘शिक्षाको विकासको लागि गुणस्तरीय शिक्षाको लागि समाजका हरेक वर्गा सकारात्मक हुन जरुरी छ । सामुदायिक विद्यालयको सुधार नभए गरीव दलित पछि परेको वर्ग विकासको रफतारमा अघि बढ्नै सकदैन’, नगरप्रमुख साहले जोडदिनुभयो ।

school lahan 9 news.photo 2
लहान–२२ मा रहेको पटेर्वा गाँउमा विद्यालय नहुँदा स्थानीय जनताले भोगि रहेको सास्तीलाई ध्यानमा राखेर नगर शिक्षा शाखाले त्यस गाँउमा विद्यालय स्थापना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । लहान नगरपालिकाको ६० वटै सामुदायिक विद्यालयहरुमा कक्षा ५ सम्म मातृभाषा मैथिलीमा शिक्षकण गर्न पाठ्यक्रम तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा संयोजक प्रवक्ता तथा लहान–११ नम्बरका वडाध्यक्ष राजकुमार साहले लहानको सामुदायिक विद्यालयको विकासको लागि शिक्षा शाखाले गरेको ऐतिहासिक र परिवर्तनकारी निर्णयहरुलाई कार्यान्वयन हुन नदिन भइरहेको राजनीतिकरण अन्तय हुनुपर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो,‘शिक्षा क्षेत्रमा परिर्वतन गर्न खोज्दा तगारो उत्पन्न हुने गरेको छ ।अदालती झमेला सुजना गरेर शिक्षा क्षेत्रलाई स्थास्तितिमा राख्न खेजिदैछ । शिक्षक सरुवा सामुदायिक विद्यालयको गुणस्तरीय सुधार गर्न स्थानीय ऐन बनाएर लागु गरिएको थियो । यसलाई शिक्षकहरुले राजनीति रङग भर्नुहुदैन्थ्यो तर भरियो जुन दुर्भाग्य हो ।’

school lahan 9 news.photo 3

कार्यक्रममा लहान–९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीले यस वडाको कृषि शिक्षा,स्वास्थ्य सडक पूर्वाधारमा उल्लेखनीय काम गरेको दावी गर्नुभयो ।उहाँले भन्नुभयो,यस विद्यालयलाई नमूना विद्यालयको रुपमा बनाउन शैक्षिक र भौतिक रुपमा विकास गर्न लहान नगरपालिका शिक्षा शाखाले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

पोखरीको डिलमा रहेको त्यस विद्यालयको पर्खाल निर्माण, दुई कोठे भवन निर्माण, विकन परियोजनाबाट खानेपानी शौचालय निर्माण लगायतका कामहरु सम्पन्न भएको छ ।

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A