जिवछ उदासी
लहान, मंसिर ५ गते । नेकपा एमालेको केन्द्रिीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले चुनावमा परमादेशले बनाइ दिएको जनविरोधी गठबन्धनलाई जनताले परास्त गर्ने बताउनु भएको छ । लहान–१४ मा काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै यस्तो बताउनु भएको हो ।
नेकपा एमालेमा देशैभरी प्रवेशको लहर रहेको नेता यादवले भन्दै सिरहा जिल्ला फेरि एमालेको लालकिल्ला हुनेमा कुनै शङका नरहेको ठोकुवा गर्नुभयो ।नेकपा एमाले राष्ट्रियता र जनजीविकाको सवालमा ऐतिहासिक काम गरेको नेपाली जनताले बुझेर अन्य पार्टी छाडेर एमाले रोज्न थालेको छ, उहाँले बताउनुभयो ।उहाँले थप्नुभयो,‘अदालतले परमादेश जारी गरेर बनाइ दिएका गठबन्धन सरकारले गरीरहेको जनविरोधी कामलाई जनताले आफ्नो मत प्रयोग गरेर एमालेको सरकार बनाउन आतुर छ ।’
कार्यक्रममा लहान नगरप्रमुख मुनि साहले नेकपा एमालेको नेतृत्वमा रहेको नगर सरकारले ‘हाम्रो लहान, समृद्ध लहान’को नारा कार्यान्वयन गर्न सडक, कृषि, शिक्षा,स्वास्थ्य,खानेपानी शहरको सौन्दर्यकरण र ग्रामीण भेगलाई शहर उन्मुख बनाउन लागि रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘लहान नगरपालिकाले थालेको विकासको काममा भाँजोहाल्ने गठबन्धन जन विरोधी रहेको प्रमाणित भइरहेको छ । फोहोरबाट मोहर बनाउने प्रशोधन केन्द्र, नयाँ बजारको आधुनिकीकरण र आर्यघाट निर्माण कार्यमा अवरोध गरिरहेको छ ।
‘लहान नगरपालिकामा नेकपा एमाले पहिले भन्दापनि झन् मजबूत भइरहेको छ । हरेक वडामा नेकपा एमालेप्रति आकर्षण बढिरहेको छ । आउने चुनावमा फेरि नेकपा एमाले शानदार प्रदर्शन गर्नेछ’ , प्रमुख साहले भन्नुभयो ।

खन्दानी पुरानो काँग्रस रहेका लहान –१४ की चन्दरदेवी पासवान,प्रकाश पासवान,देबिचन्द पासवान,अरविन्द पासवान र अमिरिका देवीसाफी नेकपा एमाललले मात्रै गरीव दलितको भलाई र कल्याण गर्न सक्ने भएकोले आफूहरु यति दिन काँग्रेसमा कसरी बसे भनेर पछूतो गर्दै चेतना खुलेपछि नेकपा एमालेमा समाहित भएको बताउनुभयो ।लहान–१४ मा गएको स्थानीय चुनावमा नेकपा एमालेको वडाध्यक्षको उम्मेदबार ४ मतले मात्रै पराजित भएकालेआउने चुनावमा एमालेको जीत निश्चित हुने स्थानीय नेता शालिकराम गिरीले विश्वास व्यक्त गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A