जिवछ उदासी
लहान,मंसिर ५ गते । नेपाल रेडक्रसका सिरहा शाखाका नवनियुक्त सभापति डा नविन यादबले विपतिको घडिमा मानव सेवामा समर्पित रहने बताउनु भएको छ ।आज आइतबार शपथ ग्रहणपछि कार्यभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो ।
विपतिकोबेला मानव सेवामा जुट्न कुनै कन्जुस्याइँ र पुर्वाग्रह नगरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति यादवले भन्नुभयो,'मानवसेवाकै लागि राजनीतिमा लागेको छु । रेडक्रस जस्तो संस्थाको सभापति भएर मानव सेवा गर्न अवसर मिलेको छ । यस अवसरलाई सदुपयोग गर्छु ।'
डा यादव नेकपा एमालेको जिल्ला सचिव हुनहुन्छ । गएको स्थानीय निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा झिनो मतले पराजित भएपनि जनसेवा र मानवसेवामा लागि रहनु भएको छ । जननिर्वाचित सिरहा -३ बाट निर्वाचित हुनु भएको तत्कालिन सांसद हेम नारायण यादबको हत्याभएपछि राजनीतिमा सक्रिय हुनु भएको हो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A