केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्नुपर्छ

  • मंसिर ६, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी,

लहान, सिरहा । नेकपा एमालेको १० औ महाधिवेशन नजिकिँदै गएपछि नीति र नेतृत्वको वहस चलिरहेको छ । विधान महाधिवेशन सम्पन्न भैसकेको छ । नेतृत्व चयन गर्नको लागि मंसिर (१०-१२) सम्म चितवनमा महाधिवेशन हुँदैछ । यो एकताको महाधिवेशन नाम पनि दिएको छ । एकताको महाधिवेशनको लागि नेतृत्वमा केपी ओलीको विकल्प खोज्नु हुँदैन। 

केपी ओलीको नेतृत्वमा गठित सरकाले राष्ट्रियता र समृद्धिको पक्षमा काम सुरु गरेको थियो । नेकपा माओवादी र एमाले र मिलेर बनेको नेकपालाई मजबूत बनाउनु आवश्यक थियो । तर प्रचण्ड र माधव नेपालको गुटवादी र विभाजनकारी नीतिको कारण नेकपा पार्टी विभाजन हुनु र नेकपा फुट्नुले बामपन्थीहरुको नेतृत्वको सरकार ढल्यो । केपी ओली पटक पटक आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो - पार्टी र सरकारको नेतृत्व आउने चुनाव र महाधिवेशनबाट छाड्छौ तर अहिले पार्टी विभाजन नगरौ,सरकार नढालौ तर प्रचण्ड र माधव नेपालले आफ्नै घरमा आगो झोस्नुभयो फुटतिर लाग्नुभयो । प्रचण्ड संयम र धैर्य गरेर ओलीको सरकारलाई समृद्ध नेपाल,सुखी नेपालको नारा कार्यान्वयनमा तगारो खडा नगरेको भए,नेकपा पार्टी रहिरहेको भए, ओलीपछि नेतृत्व गर्नेपालो प्रचण्डकै हुन्थ्यो । 

परमादेशबाट केपी ओली नेतृत्वको सरकार ढाल्नु सरासर गलत भयो । सुखी नेपाली र समृद्ध नेपालको नारा अलपत्रमा परयो । पाँच दलीय गठबन्धन कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन बनेकोले केपी ओलीकै नेतृत्व हुनुपर्छ भन्दै देशैभरी नेकपा एमालेमा प्रवेशको लहर चलेको छ । विधान महाधिवेशन सम्पन्न भएको छ । केपी ओलीले सार्नु भएको नीति सर्वसम्मतले पास भएको छ । जसको नीति उसैको नेतृत्व हुने भएकोले केपी ओलीको नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्छ । 

भीम रावल अध्यक्मा उम्मेदबारी दिने घोषणा गर्नुभएको छ । उहाँ फेरि हरबराउनुभयो । एकताको महाधिवेशन भनिएकोले यसपटक डा रावल एकता र सर्वसम्मतम हुनुपर्नेमा सहमति जनाउनु पर्ने हो । रह्यो सवाल आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा र व्यापक जनवादको सवाल । यसको लागि यस महाधिवेशनले समेत मार्ग प्रशस्त गर्न जरुरी छ । नेकपा माओवादी पूष्टमिबाट आउनु भएका रामबहादुर थापा बादल,लेखराज भट्ट,प्रभु साह,गौरी शंकर थारु,टोपबहादुर रायमाझी,मणि थापाको पनि उचित व्यवस्थापन गर्नुपने भएकोले यस महाधिवेशनलाई एकता र सर्वसम्मतकै महाधिवेशनको रुपमा लिन जरुरी छ । 

११ औ महाधिवेशनमा नेतृत्वमा आउन सहि मुल्याकंन गर्ने पद्धति र लोकतान्त्रिक विधिलाई अवलम्बन गर्न पनि चुक्नु हुँदैन । नीति र नेतृत्व सहि तरिकाबाट अगाडि नबढदा भारतको पश्चिम बंगालमा के अवस्था भयो ? नेपालमै पनि शक्ति संचय हुन्छ सहि तरिकाले अघि नबढदा दुर्घटनमा पर्ने गरेका छौ । यी सारा बिषयहरुलाई ध्यानमा राखेर यो महाधिवेशन एकता र सर्बसम्मतकै महाधिवेशन हुन जरुरी छ । 

तराई पहाड हिमाल सातै प्रदेशमा नेकपा एमालेलाई बलियो बनाउन हरेक समुदायको उपस्थिति हुनेगरी सन्तुलित हुनेगरी केन्द्रीय कमिटिमा समेट्न जरुरी छ । ताकि यो पार्टी सबैको भरोसाको केन्द्र बनोस । तीनै तहको निर्वाचनमा एमालेलाई जिताउन नीति कार्यक्रम र प्रशिक्षणसँगै समाजवाद ल्याउन नीति र सिद्धान्तलाई व्यवहारमा उतार्न कुसल नेताको चयन हुनैपर्छ । अब गुटफुट होइन,एकजजट बनौ, संवाद गरौ मूलरुट पक्रौ । 

 

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

होटलमा महिला र पुरुष ...

जनकपुर, ११ वैशाख : जनकपुरको एक होटलमा आज दुईजना झुन्डिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A