डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

  • मंसिर ७, २०७८
  • समृद्धिपथ
alt

एलिना हिंगमाङ्ग चौधरी,

लहान । सिरहाको लहानमा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार लहान १ स्थित आधारभुत विद्यालय सिंगराही मटियार्वाको हलमा महिला स्वास्थ्य स्वयं सेविकाहरु वीच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लहान नगरपालिका स्वास्थ्य शाखाका चन्देश्वर यादवले डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोग बाट बच्ने उपाय, डेंगु रोग कसरी सर्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।

photo_2021-11-23_11-17-33 (2)

कार्यक्रममा बोल्दै यादवले टायर तथा प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने बताउनुभयो । डेंगु रोगबाट बाच्नका लागी टायर, प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाइ नष्ट गर्न र जमेको पानी सफा गर्नु पर्ने बताउदै डेंगु रोगबाट बच्न सबैले सरसफाईमा ध्यान दिुनुपर्नेमा जोड दिनुभयो ।

३५ जना महिला स्वास्थ्य स्वयं सेविकाहरु बीच भएको अभिमुखिकरण कार्यक्रममा डेंगु रोग नियन्त्रण गर्न लार्भा खोजी नष्ट गर्ने अभियान संचालन गर्ने, सरोकारबालाहरुको भूमिका र डेंगु रोगको विगत र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

photo_2021-11-23_11-17-34

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A