लहान बजारको राम मन्दिर निर्माण कार्य सुरु

  • मंसिर ८, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान, मंसिर ८ गते । लहान-७ मुख्य बजार स्थित राम मन्दिर निर्माण कार्य सुरु भएको छ । लहान नगरप्रमुख मुनि साहले बुधबार धार्मिक बिधि अनुसार शिलान्यास गर्नु भयो ।

लहानको पुरानो इतिहास हेर्दा लहान राममन्दिरले लहानको धार्मिक आस्था र विकासमा महत्वपुर्ण भूमिका खेलेको प्रमुख साहले बताउनुभयो । 

पुरानो भत्काएर नयाँ मन्दिर निर्माणको लागि नगरपालिकाले लिएको लक्ष्य अनुसार काम अघि बढाउन निर्माण कार्य सुरु भैसकेकोले निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्न ठेकेदारसँग आग्रह गर्नुभयो । 

लहान-७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले राम मन्दिरको निर्माण कार्यको सुरु भएपछि यस वडाको विकास मात्रै नभएर लहान नगरपालिकाकै धार्मिक पर्यटनमा वल पुगेको बताउनुभयो ।

लहानको मुख्य बजारमा रहेको राम मन्दिर निर्माणको कार्य सुरु भएपछि स्थानीयहरु खुसी भएका छन् ।

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A