सिरहामा लैगिंकहिंसा विरुद्धको १६ दिने अभियान शुरु

  • मंसिर १०, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । ‘घरैबाट शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ सिरहामा पनि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

जिल्लाको सदरमुकाम सिरहा, लहान नगरपालिका र धनगढीमाई नगरपालिकामा विभिन्न कार्यक्रमगरी ३०औं महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान शुरु गरिएको हो ।

लहान नगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा लहान नगरपालिकाका सम्पूणर् सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा विहिबारदेखि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु गरिएको छ ।

र्‍याली पश्चात लहान नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरीले लहान नगरलाई लैंगिक हिंसा मुक्त बनाउने बताउनु भयो ।

1

उहाँले समाजमा हुने महिला हिंसा, लैगिक हिंसा न्यूनिकरण गर्न नगरवासीलाई आग्रह समेत गर्नु भयो । सदियौंदेखि महिलाहरु महिला हिंसाको शिकार भईरहेको भन्दै आउदा दिनमा महिला हिंसा अन्त्य गर्न प्रतिकारात्क रुपले लाग्नुपर्ने बताउदै नेपाल सरकारले अन्र्तराष्ट्रिय रुपमा सबै प्रकारका विभेदहरु उन्मुल्न गर्ने महासन्धीमा हस्ताक्षर गरिसकेको र अहिले मुलुकमा शिक्षा, स्वास्थ्यका हिसाबले पनि महिलाहरु पछाडि परेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

त्यस्तै लहान नगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख अन्जना साहले पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य यो अभियानले लिएको छ जानकारी दिनुभएको थियो ।
त्यसैगरी सिरहा सदरमुकाम सिरहामा पनि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान र्‍याली र अन्तरक्रिया गरी शुभारम्भ गरेका छन् ।

8

र्‍याली तथा शुभारम्भ कार्यक्रममा नेपाली सेनाको पंचेबाजा सहित नगर परिक्रमा गरिएको इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले जानकारी दिनुभयो।

सिरहामा अयोजित अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथिका रुपमा प्रदेश २ का नवनियुक्त कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवले महिला हिंसा न्यूनिकरणका लागि सरकारले कानून बनाएको छ तर कार्यान्वय पक्ष कमजोर रहेको बताउनु भयो।

6

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल, नेपाली सेनाका कणर्ेल सुमन थापा, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डे, शसस्त्रका प्रहरी उपरीक्षक जितेन्द्र गिरी, सिरहा नगरपालिकाका नगरप्रमुख असेश्वर यादव, जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुर, मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साह, इन्सेक प्रतिनिधि दुर्गा परियार, दलित जनकल्याण युवा क्लव लहानका कार्यकारी दिर्नेशक विनोद विसुन्के, ओरेक नेपालका जिल्ला संयोजक शर्मिला निरौलालगायतको उपस्थित रहेको थियो ।

2 3 4 7

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A