जिवछ उदासी
लहान, मंसिर १३ गते । नेपाली काँग्रेस सिरहा-१ बाट कन्हैया प्रसाद गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । कन्हैया प्रसाद गुप्ता र महेश महेश चौधरीबिच प्रतिस्पर्धा हुन लागेको छ ।
को हुन कन्हैया प्रसाद गुप्ता ?
पहिलेको गढा गाविस-६ नम्बर निवासी गुप्ता २०४९ र २०५४ सालको स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित २०७४ सालको निर्वाचनमा लहान नगरपालिकामा गाभिएपछि लहान-२३ को वडा अध्यक्षमा गरी लगातार तीन पटक जन निर्वाचित हुनु भएको कन्हैया प्रसाद गुप्ता पहिलो पटक क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ ।
नेपाली काँग्रेसमा अनवरत सक्रिय रहनु भएको गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार भएपछि नेपाली काँग्रेसका सबै तह तप्का को नेतामा खुसी छाएको एक नेताले बताउनुभयो । केस पद्म नारायण चौधरीको खेमाबाट उम्मेदबार हुनु भएको गुप्ता चुनाव जित्ने प्रवल संभावना रहेको चर्चा चलेको छ । चौधरीको खेमाबाट लहान नगरसभापतिमा रासलाल राय र प्रदेश क बाट सभापतिमा सन्तोष उपाध्याय निर्वाचित भैसकेका छन् ।
केस तथा सांसद प्रदिप गिरी नजिक सुनिल कुमार महतोको साथ पाएर महेश चौधरी र गुप्ताको बीचमा हुन लागेको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । लगभग ७०० मतदाताले मंसिर १४ गते पशुपति माविमा हुने निर्वाचनमा मतदान गर्ने भएका छन्। आम चुनावमा जस्तै पार्टीको नेतृत्व चयनको लागि तोकिएको समयमा चुनाव नहुँदा मतदाता रिझाउन लाखौ खर्च भइरहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A