काँग्रेस मतदाताहरु भन्छन: गुप्ता र चौधरी प्यानलबीच कडा प्रतिस्पर्धा

  • मंसिर १४, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान, मंसिर १४ गते । नेपाली काँग्रेस सिरहा -१ को क्षेत्रीय सभापतिको लागि केस पद्म नारायण चौधरीको आशिर्बादमा कन्हैया प्रसाद गुप्ता र केस प्रदिप गिरीको आशिर्बादमा महेश चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कसको आशीर्वाद कामयावी होला चर्चाको बिषय बनेको छ ।

लहान- १७ का चुलहाई यादवलाई अनुसार थारु समुदायको मत क्रसिङ भए महेश चौधरीको हुनेछ जीत,पद्म नारायण खेमाको मत सुरक्षित रहे कन्हैया गुप्ताको जीत हुनेछ सुनिश्चित । यादव जस्तै अधिकांश मतदाताहरुको यस्तै भनाई रहेको छ । 

IMG_20211130_161821

यसभन्दा अघि लहान नगरकमिटिका सभापतिमा रास लाल राय ८१ मतको अन्तरमा र प्रदेश क मा सन्तोष उपाध्यायले ८५ मतको अन्तरमा पद्म नारायणको आशीर्वादमा जीत हासिल गरिसकेकोले क्षेत्रीय सभापतिमा कन्हैया प्रसाद गुप्तालाई जिताउन कुनै कसर बाँकी नराख्ने भएकोले गुप्ताको जीत हुनेमा गुप्ता समूह ढुक्क देखिएको छ । 

महेश चौधरीले प्रदिप गिरी र पुरानो नेता सुर्य नारायण यादबको फोटोसँगै आफ्नो फोटो राखेर प्रचारमा जुटेकोले आफ्नो जीत सुनिश्चित रहेको चौधरीको दाबी रहेको छ । 

मंगलबार बेलुका ३ बजेदेखि लहान स्थित पशुपतिम माबिमा चलिरहेको चुनाव राती अबेरसम्म चलेमा चुनावी नतिजा बुधबारसम्ममा आउने मतदाताहरुले बताएका छन् ।

निर्धारित समयमा चुनाब नहुँदा चुनाव खर्चिलो हुनुको साथै चुनाबी परिणाम समेत सोचेकोभन्दा फरक भइरहेको काँग्रेस वृतमा निकै चर्चा चलेको छ । 

     

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A