जितेन्द्र साहको अध्यक्षतामा रहेको समिति बैद्य: लहान नगपालिका शिक्षा संयोजक

  • मंसिर १७, २०७८
  • समृद्धिपथ
alt

 

जिबछ उदासी 

लहान, मंसिर १७ गते । लहान नगरपालिका-२० स्थित रहेको श्री जनता माध्यमिक विद्यालय व्रम्हान गोडछाडीको व्यवस्थापन समिति कानुन सम्मत रहेको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ । 

लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहको अनुसार पटक -पटक व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बोलाएपनि समिति गठन हुन नसकेपछि जितेन्द्र कुमार साहको अध्यक्षतामा कमिटि गठन गरेर विद्यालयको शैक्षिक र भौतिक विकास अघि बढिरहेको छ । 

मंसिर १५ गते जिल्ला शिक्षा विकास समन्वय इकाइ सिरहाले गैर कानुनी रुपमा विनि वुद्धिमान दुनुवारलाई अख्तियारी दिइ नगरपालिका शिक्षा शाखासँग समन्वय नगरी जितेन्द्र साहको अध्यक्षतामा रहेको समिति विघटन गर्न चोर बाटोबाट समिति बनाउन गरेको कार्यप्रति लहान नगरपालिका शिक्षा शाखाको ध्यान आकर्षण भएको संयोजक साहले बताउनुभयो । 

 विद्यालय व्यवस्थापन समिति विघटन गरेको कुनै सुचना नदिई सयौ अभिभावकलाई कुनै सुचना नदिई दुई चार जना अभिभावक बोलाएर गठन गर्न खोजिएको समितिलाई निस्तेज गर्न अभिभावकको साथ रहेको अध्यक्ष साहले जानकारी दिनुभयो । 

 

      

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A