एक करोड ९५ लाखको लागतमा लहानको दुर्र्गा मन्दिर निर्माण हुने

  • मंसिर १७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,मंसिर १७ गते । लहान–७ स्थित मुख्य बजारमा रहेको दुर्र्गा मन्दिरलाई पुर्ननिर्माणको लागि एक करोड ९५ लाखको लागतमा तयार हुने भएको छ ।

मन्दिर निर्माणको लागि लहान –७ वडा अध्यक्ष राकेश रोशन गुप्ताले स्थानीयवासीहरुलाई बोलाएको भेलामा लहान नगरपालिकाले एक करोड ९५ लाखको लागतमा मन्दिर पुर्ननिर्माणको लागि तयार गरिएको डिपिआर नक्सा समेत वितरण गरेको थियो । मन्दिरकोडिपिआर नमूना नक्सा देखेर स्थानीयहरुले अब दुर्र्गा मन्दिर आधुनिक शैलीमा बन्ने निश्चित भएको भन्दै खुसी भएका थिए 

लहान बजारको विकासमा महत्पूर्ण धार्मिक स्थलको रुपमा रहेको राम मन्दिर निर्माण सुरु भैसकेको र यहि एकदुईमहिनामा नै मन्दिर निर्माणको लागि टेण्डर हुने नगरप्रमुख साहले जानकारी दिनुभयो ।उहाँले थप्नुभयो,बजार क्षेत्रमा रहेको राम मन्दिर र दुर्गा मन्दिरले धार्मिक पर्यटनको साथै शहरको सुन्दरता र पवित्रतामा समेत बल पुरयाउने उद्येश्यले राम मन्दिर र दुर्गा मन्दिर निर्माण कार्य अघि बढाएको छ ।लहानको विकास भनेको शहरी र ग्रामीण भेगको सन्तुलन कायम गर्नु रहेकोले यसतर्फ लहान नगरपालिकाले आफ्नो बजेटको परिधिभित्र रहेर काम गरिरहेको उहाँले जोडदिनुभयो ।

rammandir news.photo 1
लहानको नयाँ बजार निर्माण कार्य, फोहोरबाट मोहर प्रशोधन केन्द्र र आर्यघाट निर्माणको लागि खडा गरिएको बाधा व्यबधान हटाएर लहानको समृृद्धि र विकासमा सबैको सहयोग उतिकै आवश्यक रहेकोले बाधा व्यवधान होइन, सहयोगको लागि सकारात्मक हुन भइदिन सबैसँग आग्रह गर्नुभयो ।

लहान–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले लहान नगरपालिकाको वडा नम्बर ७ मुख्य व्यापारिक केन्द्र रहेको यस वडामा विकास निर्माणर धार्मिक पर्यटनको प्रवल संभावना बोकेको राम मन्दिर र दुर्गा मन्दिर निर्माण कार्यको लागि लहान नगरपालिकाले प्रशंसायोग काम गरेको धारणा राख्नुभयो ।

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A