भ्रम नहोस् निर्धारित मितिमै परीक्षा हुन्छ: परीक्षा समिति

  • मंसिर १९, २०७८
  • समृद्धिपथ
alt

 

जिवछ उदासी 

लहान, मंसिर १९ गते । लहान नगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयको अर्ध वार्षिक परीक्षा सहयोग समितिले निर्धारण गरेको मिति मंसिर २० गतेदेखि नै हुन प्रष्ट गरेको छ ।

समितिका संयोजक राम नारायण मेहताको अनुसार २०७५ सालदेखि नै नगरपालिकाले लिँदै आइरहेको परीक्षालाई यसबर्ष पनि निरन्तरता दिएको हो । २० गते सोमबारदेखि हुने परीक्षा रोक्न केहि प्रधानाध्यापकहरुले अनावश्यक बखेडा झिकेर परीक्षा लिन्न भन्दै नगरपालिकामा बुझाएको ज्ञापनपत्रको कुनै तुक छैन । 

लहान नगरपालिकाले लिइने परीक्षाको अनुमान गर्न अनुगमन समिति समेत गठन गरेर ५९ वटै सामुदायिक विद्यालयमा पुग्ने शिक्षा समितिका सदस्य बीरेन्द्र चौधरीले बताउनुभयो। 

परीक्षा शुल्क उठाउन रोक लगाएपछि परीक्षामा लाग्ने खर्च कसरी विद्यालयहरुले जुटाउने समस्या राखेपछि लहान नगरपालिका शिक्षा शाखाले २०७५ सालदेखि नै परीक्षा लिन परीक्षा संचालन सहयोग समिति गठन गरेर लिइरहेको परीक्षा रोक्नु नहुने नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका अध्यक्ष जिबछ यादबले भन्दै शिक्षा शाखाको हरेक निर्णयमा बिरोध गर्ने कार्य उचित नभएको तर्क गर्नुभयो । 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A