जिवछ उदासी
लहान,मंसिर २३ गते । नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटिमा सिरहा जिल्लाबाट निर्विरोध चुनिनु भएका नेताहरुले सिरहा जिल्लालाई एमालेको किल्ला बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएका छन् ।
राष्ट्रिय युवा संघ सिरहाले गोलबजार नगरपालिकामा आयोजना गरेको सम्मानित कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएका हुन् । सिरहाबाट लिलानाथ श्रेष्ठ,गंगा प्रसाद यादव,प्रमोद नारायण यादव,रामरति राम र रामप्रित राम १० औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका हुन् ।
लिलानाथ श्रेष्ठ दोस्रोपटक केन्द्रीय सदस्य हुनु भएको छ । सिरहा - ३ बाट निर्वाचित सांसद समेत रहनु भएको श्रेष्ठ कानून न्याय संसदीय व्यवस्था मामिला मन्त्री समेत रहि सक्नु भएको छ । नेकपा एमाले प्रदेश -२ का सह - इन्चार्ज समेत हुनुहुन्छ ।
गंगा प्रसाद यादव दोस्रो कार्यकाल केन्द्रीय सदस्य,२०७४ को निर्वाचनमा सिरहा -१ बाट नेकपा एमालेको उम्मेदबार हुनु भएको थियो । सिरहा इन्चार्ज र भूमि व्यवस्था समस्या समाधान आयोगको सिरहा अध्यक्ष समेत रहनु भएको यादव २०५४ सालमा बस्तीपुर गाविसको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
संविधानसभा सदस्य समेत हुनु भएकी रामरति राम दोस्रो कार्यकालको लागि केन्द्रीय सदस्य चुनिनु भएको हो । माओवादी पृष्ठभूमिका प्रमोद नारायण यादव र रामप्रित राम केन्द्रीय सदस्य हुनु भएको हो ।
राष्ट्रिय युवा संघले आयोजना गरेको सम्मान कार्यक्रममा केन्द्रीय सदस्यहरुले सिरहा जिल्लालाई एमालेको किल्ला बनाउन लागि पर्ने सामुहिक प्रतिवद्धता व्यक्त गर्दै नेकपा एमाले सिरहामा व्यवस्थित र जनताको प्यारो पार्टी बनाउन लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय युवा संघ सिरहाका अध्यक्ष इन्द्रेस राउत उपाध्यक्ष जय प्रकाश सचिव जगदिश चौधरी युवा संघ स्थायी कमिटी सदस्य बैधनाथ साहले सामुहिक रुपमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A