नेकपा माओवादी लहान नगर अध्यक्षमा हेमन्त यादव निर्वाचित

  • पुस २, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,पुस २ गते । नेकपा माओवादी केन्द्र लहान नगर अध्यक्षको लागि सम्पन्न निर्वाचनबाट ७ मतले निर्वाचित हुनु भएको छ । नेकपा माओवादीमा निर्वाचनबाटै नगर अध्यक्ष चुनिएको पहिलो पटक हो । यसभन्दा अघि सहमतिकै आधारमा समिति चुनिदै आएको थियो ।

लहान–१ स्थित गोपाल सेवा समितिमा सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा हेमन्त कुमार यादवले एक सय मत र प्रच्यासी रहनु भएको विजय गुप्ताले ९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत धनराज रामले जानकारी दिनुभयो ।
केहि दिन अघि गोपाल सेवा समितिमा सम्पन्न उद्घाटन सत्रबाट कमिटि चयन गर्न समझदारी गरेर नै अघि बढ्ने समय समाप्त भएपछि निर्वाचन गरेर नै अध्यक्ष चयन गरिएको हो । अध्यक्षको लागि हेमन्त कुमार यादव, विजय गुप्ता र देव नारायण महतोले दावी गर्दै आएपनि निर्वाचनमा यादव र गुप्ताविच प्रतिस्पर्धा भएको थियो ।
को हुन हेमन्त कुमार यादव ?

लहान नगरपालिका २१ नम्बर वडाका वडाध्यक्ष रहनु भएको यादव लहान स्थित जेएस मुरारका क्याम्पसमा अध्धयनरत रहँदा नेपाल विधार्थी संघबाट स्ववियु सदस्य समेत हुनु भएको थियो । दोस्रो संविधान सभामा नेपाली काँग्रेस परित्याग गरेर नेकपा माओवादी प्रवेश गर्नु भएको यादव शिक्षामा स्नाकोत्तर गर्नु भएको छ । कमै उमेरमा वडाध्यक्ष समेत हुन सफल यादव माओवादी केन्द्रको लहान नगर अध्यक्षमा विजय हुनुले राजनीतिमा उहाँको लागि दोस्रो सफलता हात लागेको छ ।

 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A