अपराध नियणत्रण गरी छाडने प्रजिअ कवाडिको प्रतिवद्धता

  • पुष ३, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,पुस ३ गते । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुबाट सेवागा्राहीले छिटोछरितो सेवा दिलाउन र जिल्लामा बढेको अपराध नियणत्रणको लागि कटिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ 

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सिरहाबाटअवकास प्राप्त गरेपछि प्रजिअ भएर आउनु भएको कवाडीले लहानमा नागरिक समाज,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,सञ्चारकर्मीहरुसँग जिल्लाको बस्तुस्थितिबारे बुझन् आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

नागरिक समाजको तर्फबाट दिनेश्वर गुप्ता,नेपाली काँग्रेस सिरहा–१ का सभापति महेश चौधरी,लहान नगरपालिकाको उपप्रमुख सरियार कुमारी चौधरी,पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव,नेकपा एमाले लहान नगर अध्यक्ष राज कुमार साह , जनता समाजवादी पार्टीका लहान नगर अध्यक्ष दिनेश महतो प्रध्यापक भैरव प्रसाद गेलाल लगायतकाहरुले सरकारी कार्यालयहरुमा भइरहेको ढिलासुस्ती,मालपोत , यातायात सडक डिभिजन लगायतका कार्यालयहरुमा घुस तिरेर मात्रै काम हुनु,लागु औषधको लागि लहान ट्रान्जिट पोइन्टको रुपमा देखिनु , भारतीय सीमामा तश्करी बढिरहेको प्रहरी प्रशासनमा विचौ्रलियाको माध्यमबाट रमक तिरेर काम गराउनुपर्ने लगायतका समस्याहरु दर्शाएका थिए ।

समस्याहरुलाई टिपोट गरेर तीन महिनापछि सिरहाको सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुले पाउने सेवा र अपराधको घटना नियणत्रण गरेर प्रत्येक तीनतीन महिनामा जिल्लाका सरोकारवालाहरुलाई शान्ती सुरक्षाबारे जानकारी गराउन र सुझाव सल्लाह लिन अन्तरक्रिया कार्यक्रम गरिरहने प्रजिअ कवाडिले विश्वास दिलाउनुभयो ।

सिरहा जिल्लामा पहिलो पटक प्रजिअले सरोकारवाला अगुवाहरुलाई बोलाएर सल्लाह सुझाव र समस्याहरु बुझ्ने काम गरेकोले यसको प्रभावकारी कार्यान्वयनको लागि सबैले कामना गर्दै कार्यकाल सफल रहोस भने शुभकामना समेत दिएका थिए ।

 

 

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A