किसानको हित एमालेको जीत : इन्चार्ज यादब

  • पुस १३, २०७८
  • समृद्धिपथ
alt

 

जिवछ उदासी 

लहान,पुस १३ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले नेकपा एमाले किसानको हितमा काम गर्ने पार्टी बनाउन आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले लहान नगर कमिटिको बैठक लाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ ।

उहाँले भन्नुभयो,'प्रदेश -२ को किसानहरु ठूलो मारमा परेका छन् । न मल पाउछन न बीउ । प्रदेश सरकार किसानको समस्यालाई नजरअन्दाज गरिरहेको छ । यस्तो अवस्थामा लहान नगरपालिकाले किसानलाई अनुदानमा बीउ,मल उपलब्ध गराउन र सिंचाईको लागि गरेको कार्य सराहनीय रहेको छ । '

नेकपा एमालेका हरेक नेता कार्यकर्ता किसानको समस्या समाधानका लागि आवश्यक परे आन्दोलन र संघर्ष गर्न पनि तयार रहनु पर्ने नेता यादबले धारणा राख्नुभयो । लहान नगरपालिकाले गरिरहेको जन हितको काममा विपक्षीहरुले खडा गरेको तगारो हटाउन नेकपा एमालेको नेता कार्यकर्ताहरु जनतालाई साथमा लिएर अघि बढनु पर्नेमा उहाँले जोड दिनुभयो । 

पाँच दलहरु मिलेर लडेपनि एमाले एक्लैले पनि पहिलो पार्टी बन्ने संकेत देखेर गठबन्धनका दलहरु तर्सि रहेका छन् । प्रदेश -२ मा पनि एमाले पहिलो पार्टी बन्ने नेता यादबले दाबी गर्दै सिरहा जिल्ला एमालेको किल्ला बनाउन एमालेका हरेक कमिटि सक्रियपूर्वक लाग्नुपर्ने उहाँले निर्देशन दिनुभयो । 

लहान नगर अध्यक्ष राज कुमार साहले लहान नगरपालिकाले शिक्षा, सडक नयाँ बजार निर्माण,फोहोरबाट मोहर परियोजना मसानघाट निर्माण र निर्मित वसपार्क सञ्चालनमा उत्पन्न समस्यामा पार्टीले योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिँदै जिल्ला कमिटिबाट प्राप्त सर्कुलर सुनाउनु भएको थियो । 

सिरहा-१ का इन्चार्ज विष्णुलाल साहले जिल्ला कमिटिको लागि २५ संगठित सदस्यहरुमा एक जना प्रतिनिधि हुने जानकारी गराउनुभयो । 

बैठकमा लहान नगर सचिब बिरेन्द्र चौधरीले लहान नगर कमिटिको सचिवालय र बडा इन्चार्जहरुकोको लागि पारित भएको नाम सुनाउनु भएको थियो । बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा लहान नगर प्रमुख मुनि साह,लहान नगर इन्चार्ज तथा उपप्रमुख सरियार कुमारी चौधरी,सह इन्चार्ज मन्टी कुमार मण्डल, जिल्ला कमिटि सदस्यहरु इन्द्र नारायण चौधरी,राम नारायण मेहता, राजेन्द्र साह,मो इस्लाम अलि,शिब कुमार तमाङ,बद्री नारायण चौधरी र अशेश्वर यादब उपस्थित हुनुहुन्थ्यो । 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A