जिवछ उदासी
लहान,पुस १५ गते । नेकपा एमाले १०औ महाधिवेशबाट केन्द्रिय समितिमा सिरहाबाट चयन भएका नेताहरुलाई नेकपा एमाले धनगडीमाइ नगर कमिटिले कम्युनिष्ट आन्दोलनको लागि एतिहासिक स्थल सरें अम्बासमा सम्मानित गरेको छ ।
माहाधिवेशनबाट केन्द्रिय सदस्यमा लिलानाथ श्रेष्ठ ,गंगा प्रसाद यादव, रामरति राम ,प्रमोदनारायण यादव र रामपृत राम चयन हुन भएका छन् । एमाले धनगडीमाई नगर कमिटिले गएको शनिबार एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
नेकपा एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद कार्यक्रम तत्कालिन महासचिव मदन कुमार भण्डारीले सरे. अम्बासमा सम्पन्न भएको सरेको अम्वासको चौथो महाधिवेशनमा प्रवेश गराई पाँचौ महाधिवेशनबाट पारित गराएको थियो ।
सम्मनित हुँदै नेकपा एमाले पोलिटव्युरो सदस्य हुनु भएको नेता श्रेष्ठले भन्नुभयो,२०४६ सालमा मदन भण्डारी महासचिव बन्नु भएको र जनताको हदुलीय जनवाद लोकप्रिय कार्यक्रम विषय प्रवेश गरेको एतिहासिक स्थल सरें अम्बासलाई पर्यटकीय स्थल र मदन भण्डारी स्मारक बनाउन आफू कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भएको समयमा ८५ लाख बजेट विनियोजन गरेका थियौ यसले पर्खाल निर्माण काम सम्पन्न भएको छ । नेकपा एमालेको नेतृत्वमा सरकार गठन भयो भने यस ठाँउलाई मदन भण्डारी अध्धयनकेन्द्र,पर्यटकीय स्थल निर्माणकोलागि कार्य गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
काठको घरमा सम्प्न्न भएको चौथो महाधिवेशन सरें अम्बासमा अहिले मदन भण्डारी स्मृति माध्यमिक विद्यालय सञ्चालनमा रहेको यो स्थल लोकमार्गदेखि १० किलोमिटर उत्तर चुरे छेउमा रहेको छ । धनगडीमाई नगरपालिका –१२ नम्बर वडामा पर्ने यस ठाँउको विकासको लागि धनगडीमाई उदासिनता देखाएको स्थानीय राममणि मिश्रले गुनासो पोख्नुभयो ।
२०४६ सालमा चौथो महाधिवेशन सम्पन्न भएकोवेला पार्टीको सिरहा सचिव सत्य नारायण मण्डल रहनु भएको थियो भने हिरा बहादुर सुनुवार पुर्व सांसद नरेन्द्र पोखरेल लगायतका नेताहरु भूमिगत कालमा महाधिवेशनको व्यवस्थापनमा जुटनु भएको केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले चर्चा गर्दै यस ऐतिहासिक ठाँउबाट सम्मनित भएर जनताको बहुदलीय जनवादमा टेकेर जनताकोहितमा काम गर्ने प्रतिज्ञा गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A