प्रत्येक स्थानीय तहमा योग शिविर भवन निर्माण हुने : सामाजिक विकास मन्त्री साह

  • पुस २२, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,पुस २२ गते । प्रदेश –२ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रत्येक स्थानीय तहमा पतञ्जलि योग शिविरको लागि व्यस्थित भवन निर्माणको आवश्यक्ता रहेको बताउनु भएको छ । पतञ्जलि योग आश्रम लहान–४ को नव निर्मित भवनलाई बुधबार उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।

‘स्वस्थ्य नेपाल, समृद्ध नेपाल’को पवित्र नारा लिएर पतञ्जलि योग शिविर सञ्चालन गरेर प्रदेशलाई नै सहयोग सहयोग हुने कार्यक्रम रहेकोले प्रदेश –२ को सरकार प्रत्येक स्थानीय तहमा योग शिविर भवन निर्माणको कार्यक्रमलाई प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो ।

उहाँले भन्नुभयो,‘यत्रो ठूलो वैश्विक महामारी कोरोना संक्रमणबाट जोगिन पनि योग शिविरहरुको महत्पूर्ण भूमिका देखियो । हरेक नागरिकलाई योग गरौ निरोग रहौ भने सन्देस प्रवाह गर्न महत्पूर्ण सावित भएको छ ।
मधुमेह,रक्तचाप,मुटु लगायत दीर्घ रोगीहरुको लागि योग रामवाण औषधी जस्तै सावित भइरहेकोले र चिकित्सकहरुको सल्लाह पनि औषधीसँगै योग गर्नु रहेकोले योग शिविरको विस्तारको लागि प्रदेश सरकार सकारात्मक रहेको उहाँले आशवस्त पार्नुभयो ।

पतञ्जलि पीठ सिरहाले गरेको माग अनुसार लहान –४ मा जग्गा उपलब्ध गराएको लहान नगरप्रमुख मुनि साहले भन्दै हाम्रो लहान समृद्ध लहानको नारा कार्यान्वयनको लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुको साथै पतञ्पलियोग शिविरलाई लहानको २४ वटै वडामा विस्तार गर्न प्रदेश सरकारसँग मिलेर कामगर्न तयार रहेको लहान नगरप्रमुख मुनि साहले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लहान–४ मा नव निर्मित भवनमा तीन सय जनाले योग गर्न सक्ने भवन निर्माणमा प्रदेश –२ सरकारको सामाजिक विकास मन्त्रालयले २५ लाख सहयोग गरेको मिडिया प्रभारी पत्रकार शिव कुमार साहले जानकारी दिनुभयो ।

फोटोक्याप्सनः
लहान–४ स्थित पतञ्जलि योग आश्रम भवनलाई उद्घाटन र होम कार्यक्रममा प्रदेश–२ कासमाजिक मन्त्री नवल किशोर साह,लहान नगरप्रमुख मुनि साह र पतञ्जलि पीठ सरहाका अध्यक्ष भोला चौधरी

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A