मण्डलको नेतृत्वमा १२० सदस्यीय जिल्ला कमिटि सर्बसम्मत चयन

  • पुस २८, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,पुस २८ गते । नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा १२० सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । चन्देश्वर मण्डलको अध्यक्षतामा चयन भएको कमिटिमा उपाध्यक्ष,सचिव रउप सचिवहरु क्रमशः नविन कुमार यादव,उग्रनारायण यादव शिब शङकर महतो र श्याम श्रेष्ठ चुनिएको निर्वाचन कमिटिका संयोजक रोशन लामाले जानकारी दिनुभयो ।

२५ गते लहान नगरपालिकाको नगर सभा हलमा अधिवेशनको उद्घाटन एमाले महासचिव शङकर पोखरेलले गर्नु भएको थियो । उद्घाटन मनतब्यमा पोखरेलले सर्वसम्मतिमा रुपमा जिल्ला कमिटि चयनको लागि दिनु भएको निर्देशन अनुसार कमिटि चयन भएको एमाले केन्द्रिय कमिटि सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले बताउनुभयो ।

उहाँको अनुसार २६ गतेदिनभरि पोलिट्व्युरा ेसदस्य प्रदेश–२ का सह–इन्चार्ज लिलानाथ श्रेष्ठ,पूर्व केन्द्रिय सदस्य तथा लुम्बिनि प्रदेश प्रमुख रहनु भएको धर्मनाथ प्रसाद यादव, पूर्व सांसद तथा पूर्व केन्द्रिय सदस्य नरेन्द्रराज पोखरेल ,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य राम शंङकर यादव, लहान नगरप्रमुख मुनि साह,प्रदेशसभा सदस्य लगनलाल चौधरी केन्द्रिय सदस्यहरु रामप्रित राम र रामरति रामले लगातार ८ घण्टा बसेर सर्वसम्मत रुपमा कमिटि चयन गर्नु भएको थियो । मन्त्री यादव नेकपा एकिकृत समाजवादीतर्फ लागेपछि चन्देश्वर मण्डल सिरहा नेकपा एमालेको अध्यक्ष हुनु भएको थियो ।

सोमबार राति २ बजे सम्पन्न शपथ ग्रहण कार्यक्रममा ३८ जनाले ३० सिरहा स्थित जिल्ला पार्टी कार्यालय निर्माणको लागि ३० लाखभन्दा बढी चन्दा दिइने स्वघोषणा गरेका थिए ।

सिरहामा ९ औ जिल्ला अधिवेशन बाहेक सबै अधिवेशनबाट सर्वसम्मत रुपमा कमिटि चयन गर्दै आइरहेका छन् । ९ औ जिल्ला अधिवेशनमा चुनावबाट प्रदेशसभा सदस्य तथा प्रदेश २ का कानून मन्त्री प्रमोद कुमार यादव अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

नव निर्वाचित कमिटिले सिरहाका किसानहरुलाई राहत दिन र शितलहरमा गरीब दलितहरुलाई चिसोबाट जोगाउन न्यायाने लुगा र राहत वितरणको लागि सरोकारवाला निकायहरुलाई सक्रिय हुन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने पहिलो बैठकबाट निर्णय गरेको अध्यक्ष चन्देश्वर मण्डलले जानकारी गराउनुभयो ।

 

 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A