दुबैतर्फ बराबर जमीन नलिँदा नेवार समुदाय मार्कामा

  • माघ ५, २०७८
  • समृद्धिपथ
alt

 

 

जिबछ उदासी 

लहान,माघ ५ गते । हुलाकी मार्ग निर्माण र सडक बिस्तार कार्य सिरहा नगरपालिका -१ महाबीर चोकमा जग्गा खाली गराउने क्रममा केन्द्रबाट दुबेतिर जग्गा नलिँदा नेवार समुदाय मार्कामा परेको छ । 

राजमार्ग निर्माणको लागि हामी बाधक छैनौ हेमन्त कुमार प्रधानले भन्दै नेवार समुदाय बसेको बस्तीतर्फ २ कठा जमीन लिएको छ भने दक्षिणतर्फ एक कठा मात्रै खालि गराएको गुनासो गर्नुभयो । 

received_315830247137235

जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार केन्द्रबिन्दुबाट दुबैतिर १५ मिटर लिनुपर्नेमा त्यसो नगरेकोले हामी नेवार समुदाय अन्यायमा परेका प्रधानले दुखेसो पोख्नुभयो । 

यता हुलाकी सडकमा इन्जिनियर जयनाथ यादवले सिरहा नगरपालिकाले नापीबाट टोली बोलाएर नापी गरेर जग्गा छुट्टयाएको जानकारी दिनुभयो । दुबैतिर यादव र नेवार समुदायको जमीन खाली गराएको उहाँले भन्दै जिल्ला प्रशासन,सिरहा नगरपालिका र स्थानीय भरभलादमी सबैको रोहबरमा जग्गा खालि गराएकोले यसमा कुनै विभेद नभएको र निराधार आरोप लगाएको बताउनुभयो । यस बिषयमा सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलराम यादवसँग सम्पर्क गर्दा हुन सकेन । 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A