जनकपुरमा जनमत पार्टीका कार्यकर्ता हिंसामा उत्रिए, जनप्रतिनिधिमाथि आक्रमण

  • माघ १२, २०७८
  • समृद्धिपथ
alt

सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले विभिन्न नगरपालिकाका प्रमुख, प्रदेशसभा सदस्यलगायतका जनप्रतिनिधिहरु चढने गाडी तोडफोड गरेका छन् ।

बुधबार मधेश प्रदेशका राजधानी जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका हुन् ।

सोही क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको लहान नगरपालिकाका नगरप्रमुख चडढने गाडी रोकिराखेको अवस्थामा तोडफोड गरेका छन् । नगरप्रमुख राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम गएका थिए ।

आज राष्ट्रिय सभा सदस्यहरुको लागि भइरहेको निर्वाचनमा मतदान गर्न जनकपुरधाम पुगेकोबेला पिडारीचोक, मुरलीचोक, जानकी मन्दिरको वरिपरि बासको फाटा लिएर आक्रमक रुपमा जनप्रतिनिधि चढेको गाडी खोजी खोजी तोडफोड गरेका छन् ।

अहिंसक गान्धीवादी आन्दोलन गर्दै आइरहेका डा सिके राउतले हातमा फूल थमाएर शान्तीपूणर् आन्दोलन गरिने नीति लिएपनि केहि दिन यता तोडफोडको आन्दोलनलाई वढाबा दिएको छ ।

जनकपुरधाममा राष्ट्रियसभाको निर्वाचनस्थलमा ‘मल देउ, मत लेउ’ भन्दै प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत हुँदै जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिष साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लगाइएको छ । डा. साह चढ्ने प्रदेश २-०२-००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

मधेस प्रदेशमा जारी राष्ट्रियसभा निर्वाचनमा अवरोध गर्ने उद्देश्यले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मतदानका लागि आउँदै गरेका जनप्रतिनिधि सवार ८ वटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।

राउतका कार्यकर्ताले जनकपुरधामको पिडारी चोकमा लाठी, ढुंगामुढा गरेर जनता समाजवादी पार्टीका प्रदेश सभाका सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन् । सो क्रममा प्रदेशसभाका सदस्य यादवको हात भाँचिएको छ ।

प्रदेश २-०३-०१ झ ००२०, प्रदेश २-०१ झ ००१८, प्रदेश २-०१ झ-००८०, स.१ झ ५१० नम्बरलगायतको सरकारी गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले आक्रमण गर्दा सर्लाही जिल्लाका हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाई र उममेयर रेणुका पौडेल घाइते भएका छन् । अहिलेसम्म प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा ८ जना प्रदर्शनकारी तथा ४ जना प्रहरी घाइते भएका छन् ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A