दुई कोठे भवनको शिलान्यास सम्पन्न

  • माघ १३, २०७८
  • समृद्धिपथ
alt

जिबछ उदासी 

लहान माघ १३ गते । लहान नगरपालिका २३ तिलेबोनामा जनता आधारभुत विद्यालयको दुई कोठे भवनको लहान नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ । 

भवन शिलान्यास गर्दै नगर प्रमुख साहले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले काम गरिरहेको बताउनुभयो । 

लहान नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारको लागि गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिन सबैमा उहाँले आग्रह गर्नुभयो । 

उहाले थप्नुभयो,'लहान नगरपालिकामा रहेको ६० वटै सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि ऐन बनाएर गरेको प्रगतिउन्मुख कार्यहरुलाई सहमति र सहकार्य गरेर अघि बढाउनु पर्नेमा अदालती झमेला सृजना गर्दा समस्या देखिएको हो ।'

 शिलान्यास कार्यक्रममा लहान-११ का वडाध्यक्ष प्रवक्ता तथा शिक्षा संयोजक नेकपा एमाले लहान नगर अध्यक्ष राज कुमार साह,लहान-२३ का वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता नेकपा एमाले जिल्ला कमिटि सदस्य अशेश्वर यादव लगायत स्थानीयहरजको उपस्थिति रहेको थियो । 

राहत शिक्षकको आन्दोल ...

  जीवछ उदासी  असोज ८ गते ।  ४० हजार र ...

'मिटरव्याजीहरुलाई ऋण ...

  जीवछ उदासी  लहान,असोज ८ गते ।  नेकप ...

व्यापार फस्टाउन सहुल ...

  जीवछ उदासी  लहान,असोज ८ गते । उद्योग वाण ...

'लहानको विकासको लागि ...

  जीवछ उदासी  लहान,असोज ८ गते ।  सिरह ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A