१५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई न्योनो कम्बल वितरण

  • माघ १५, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । चिसोबाट प्रभावित लहान वडा नम्बर ९ का एक सय ५० जना जेष्ठ नागरिक वृद्ध बृद्धाहरुलाई शनिबार न्यानो कम्बल वितरण गरिएको छ ।

लहान नगरपालिका ९ का वडा सदस्यद्वय मो. नजिम मियाँ र इश्वर प्रसाद शर्मा अधिकारीको फुटकर शिर्षकबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई सम्मान स्वरुप कम्बल वितरण गरेको हो ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न वृद्ध वृद्धाहरुलाई असहज भइरहेको अवस्थामा वडा कार्यालयले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

लहान ९ स्थित रहेको आधारभूत विद्यालयको प्राङ्गणमा १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई सम्मान स्वरुप कम्बल वितरण गरिएको र अरु २५ जनालाई भोली वितरण गर्ने लहान नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीले जानकारी दिनुभयो । चरणवद्धरुपमा यस्ता कार्यक्रमहरु गरि रहने उहाँले बताउनु भयो ।

272999812_4315170461918129_3701689882151146884_n

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको तथ्याङ्क संकलन गरेर सम्मान स्वरुप न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको वडा सदस्यद्वाय मो. नजिम मियाँ र इश्वर प्रसाद शर्मा अधिकारीले जानकारी दिनुभयो ।

अत्याधिक चिसो र शीतलहरका कारण लहानका दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् । तीन साता पछि बल्ल दिउँसो मधुरो घाम लागे पनि बिहान बेलुका अत्याधिक चिसो हुने गरेकाले गरिब, विपन्न वर्गका सर्वसाधारण शीतलहरको मारमा परेका छन् ।

शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराई मधेशका जिल्लाहरुमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।

272967908_4315169728584869_722138074307375029_n 272954598_4315168228585019_8703513663849201927_n 272897446_4315169151918260_4197772071189263047_n 272905358_4315170875251421_5482952987541659486_n

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A