माग पुरा नभए देशै ठप्प गर्ने युवा संघको चेतावनी

  • माघ १५, २०७८
  • समृद्धिपथ
alt

 

जिवछ उदासी 

लहान,माघ १५ गते । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज बैधनाथ साहले हाम्रो माग परमादेशबाट आएको गठबन५ सरकारले सात दिनभित्र पुरा नगरे देशै ठप्प हुने आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । 

युवा संघ सिरहाले गोलबजारमा शनिबार वृहत्त प्रदर्शनपछि आयोजित कोणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो चेतावनी दिनु भएको हो । 

गोलबजार परिक्रमाको क्रममा बलिदानी दिवसको अवसरमा संघीय सरकारको भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादवले मन्त्री पदको मर्यादा बिर्सेर हिंसा भडकाउने अभिव्यक्ति दिनु भएकोले उहाँको बर्खास्त हुनुपर्ने,स्थानीय निर्वाचनको मिति घोषणा, पेट्रोलियम पदार्थको मूल्य खारेज, किसानलाई मलखाद्य सहज रुपमा उपलब्ध भ्रष्टाचार बन्द हुनुपर्ने, लिपुलेक, लिम्पियाधुरा र कालापानी को भूभाग फिर्ता हुनुपर्ने माग सहितको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । 

प्रदर्शन अगाडि कोभिड १९ का बिरामीहरुलाई चाहिने रगत जुटाउन दर्जनौ युवाहरुले नेपाल रेडक्रस सोसाइटी धनुषा शाखालाई रक्तदान समेत गरेका थिए । 

प्रदर्शनको आयोजना राष्ट्रिय युवा संघ सिरहाका संयोजक जय प्रकाश शर्मा मधेस प्रदेशको सचिव इन्द्रेस राउत केन्द्रीय सदस्य शोभा बरालले गर्नु भएको थियो । 

कोणसभा सकिए लगतै प्रधानमन्त्री शेर बहादुर देउवा र मन्त्री रेणु यादवको पुत्ला समेत जलाउन भ्याएको कार्यक्रममा चार सय युवाहरुको सहभागिता रहेको थियो ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A