‘शहीद हेम नारायण यादबका सपना सकार गर्छौ’

  • माघ १९, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहान,माघ १९ गते । नेकपा एमालेको पोलिटव्युरो सदस्य पूर्व कानुन न्यनय तथा संसदीय व्ववस्था मन्त्री सिरहा –३ का सांसद हेम नारायण यादवले हेम नारायण यादवको सपना सकार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शहीद यादवको १८ औ स्मृति दिवसको अवसरमा सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ ।
हेम नारायण यादवले देखाएको बाटोबाट एमाले सिरहामा चलिरहेको छ । उहाँको सपना सकार गर्न सिङगै नेकपा एमाले सिरहा लागि परेको छ । उहाँको प्रतिनिधि उत्तराधिकारीको रुपमा डा नविन यादव राजनीतिमा सक्रियतापूर्वक लागेर सिरहामा एमाले बलियो बनाउन लागि परेको उहाँले बताउनुभयो ।नेता श्रेष्ठले भन्नुभयो,‘२०५६ सालमा नेता यादव जित्नु भएको क्षेत्रबाट अहिले म साँंसद भएर मन्त्री पनि भए । उहाँको सपना सकार गर्न यस क्षेत्रको गरीव किसान मजदूर जनतासँग नजिक रहेर विकासको कार्यलाई निरन्तता दिइरहेका छु ।’

hem narayan news magh 19.photo 2

नेकपा केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले नेता हेम नारायण यादव सहास र निर्भिकताको प्रतिक नेता हुनुहुन्थ्यो भन्दै सिरहा जिल्ला एमालेको किल्ला बनाउनु नै उहाँका ेसपना सकार गर्नु रहेको बताउनुभयो ।
नेकपा एमालेलाई कमजोर गरेर नेकपा एकिकृत समाजवादी भएकाहरु नेता हेम नारायण यादवको अनुयायी नभएको उहाँले तर्क गर्नुभयो 

कोभिड–१९कोकारण वृहत्तसभा १८ औ स्मृति दिवसको अवसरमा वृहत्त सभा नभएपनि नेकपा एमालेका जिल्ला कमिटिका पदाधिकारी सदस्यहरु जिल्लामा उपलब्ध केन्द्रिय सदस्यहरुमा लिलानाथ श्रेष्ठ,गंगा प्रसाद यादव,नेकपा एमाले रामरति राम प्रतिनिधि परिषद सदस्य मुनि साह, राम शङकर यादव जिल्ला कमिटि अध्यक्ष चन्देश्वर मण्डल,उपाध्यक्ष तथा शहीद पुत्र नविन यादव ,सचिव उग्र नारायण यादव, उप सचिव श्याम श्रेष्ठ, उप सचिव शिव शङकर महतो लगायतका नेताहरुले शहीदको शालिक माल्यार्पण गरी सिरहा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।

hem narayan news magh 19.photo 3

नेता हेम नारायण यादवको हत्या २०६० साल माघ १९ गते सिरहाबाट धनगडीतर्फ नेकपा एमालेको पार्टी बैठकमा आउन लागेको वेला गागन खोला वरिपरिबाट अपहरणको शैलीम दिन दहाडै शाही सेनाको गाडीमा लगेर हत्या गरिएको सार्वजानिक नेकपा एमालेले गठन गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । उहाँको स्मृतिमा प्रत्येक वर्ष नेकपा एमालले स्मृति सभा आयोजना गर्दै आइरहेको छ ।



लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A